स्वास्थ्य मन्त्रालयले भन्याे- खाली अक्सिजन सिलिन्डर भरेर राख्नु

स्वास्थ्य मन्त्रालयले भन्याे- खाली अक्सिजन सिलिन्डर भरेर राख्नु

काठमाडाैं ।  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले खाली अक्सिजन सिलिन्डर भरेर राख्न अनुराेध गरेको छ । केही दिनयता कोरोना भाइरसको सङ्क्रमणमा कमी आए पनि महामारीको जोखिम नटरेको भन्दै खाली अक्सिजन सिलिन्डर भर्न मन्त्रालयले आग्रह गरेको हो ।

मन्त्रालयले विज्ञप्ति जारी गर्दाै खाली सिलिन्डर समयमै भर्नका लागि सम्बन्धित उद्योगमा नपुग्दा अक्सिजनको समग्र आपूर्ति प्रणालीमा असर गर्ने र अस्पतालमा जटिल उपचारमा रहेका व्यक्तिलाई अप्ठ्यारो पर्ने भएकाले सिलिन्डर भर्न आग्रह गरेकाे छ ।

मन्त्रालयले भनेको छ, ‘उपचारका लागि अत्यावश्यक हुने अक्सिजन भर्नुपर्ने सिलिन्डरहरु विभिन्न कारणले देशका विभिन्न भागमा व्यक्तिका घर घरमा, टोल टोलमा, विभिन्न किसिमका आइसोलेसन सेन्टरहरुमा तथा अस्पतालहरुमा पुगेका छन् । ती सिलिन्डरहरु समयमै भर्नका लागि सम्बन्धित उद्योगहरुमा नपुग्दा अक्सिजनको समग्र आपूर्ति प्रणालीमा असर गर्ने हुन्छ, अस्पतालमा जटिल उपचारमा रहनु भएका व्यक्तिहरुलाई अप्ठयारो पर्न जान्छ ।’

मन्त्रालयबाट जारी विज्ञप्तिमा भनिएको छ, ‘जुनसुकै व्यक्ति, संस्था, निकायहरुले जुनसुकै बहानामा लैजानु भएका अक्सिजन सिलिन्डरहरु यथासक्य चाँडो जुन उद्योगको सिलिन्डर हो सोही उद्योगमा भर्नका लागि उपलब्ध गराईदिनुहुन अनुरोध छ ।’

प्रकाशित मिति : मंगलबार, जेष्ठ २५ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij