काठमाडाैं । नेपालमा पछिल्लो चाैबीस घण्टामा ४ हजार ३४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको १२ हजार ७४ जनाको पीसीआर परीक्षणबाट ३ हजार ४४९ र ४ हजार ५६८ एन्टिजेन परीक्षणमा ८९५ जना गरी ४ हजार ३४४ जना कोरोना संक्रमित थपिएका हुन् ।
पछिल्लो चाैबीस घण्टामा थप ८१ जना कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएकाे छ । सोही अवधिमा देशभरका विभिन्न अस्पतालबाट ५ हजार ७६८ जना कोरोना संक्रमित निको भएर डिस्चार्ज भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।
नेपालमा हाल ७४७ क्वारेन्टिनमा रहेका छन् । हालसम्म नेपालमा ३१ लाख ६७ हजार १२९ पीसीआर परीक्षण गरिएको स्वास्थ्य मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।
प्रकाशित मिति : बुधबार, जेष्ठ २६ २०७८
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्