कांग्रेस महाधिवेशनको कार्यतालिका हेरफेर गरिने

कांग्रेस महाधिवेशनको कार्यतालिका हेरफेर गरिने

काठमाडाैं – नेपाली कांग्रेसको चौधौं महाधिवेशनको कार्यतालिका हेरफेर गर्ने सहमति भएको छ। शनिबार बसेको कांग्रेस पदााधिकारीको बैठकले महाधिवेशन भदौ १६ गतेदेखि १९ गतेसम्म काठमाडौंमा गर्ने गरि कार्यतालिका हेरफेर गर्ने सहमति गरेको हो । महाधिवेशन भदौ १६ देखि १९ गतेसम्म गर्ने  साझा प्रस्ताव तय गरिएको र यसलाई अनुमोदनका लागि केन्द्रीय समितिमा पेस गरिने सहमहामन्त्री डा. प्रकाशशरण महतले जानकारी दिए।

महाधिवेशन यसअघि भदौ ७ देखि १० गतेसम्म गर्ने तय गरिएको थियो। तालिका अनुसारका काम भइनरहेकाे र काेराेनाकाे महामारीलगायत कारणले ताेकिएकाे समयमा महाधिवेशन हुनेमा शंका उत्पन्न भइरहेका बेला महाधिवेशनकाे मिति ९ दिन सार्ने सहमति गरिएको हो ।

बैठकले क्रियाशील सदस्यता छानबिन २० असारसम्म गरिसक्ने र २४ असारमा क्रियाशील सार्वजनिक गर्ने र वडा तहको अधिवेशन साउन ६ गतेबाट सुरु गर्ने निर्णय गरिएको पनि उनले जानकारी दिए ।

प्रकाशित मिति : शनिबार, जेष्ठ २९ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij