कांग्रेस केन्द्रीय समिति बैठक आज

कांग्रेस केन्द्रीय समिति बैठक आज

काठमाडाैँ – नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक बस्दैछ । १४ औं महाधिवेशन सार्ने औपचारिक निर्णय गर्न दिउँसो २ बजे केन्द्रीय कार्यालय सानेपामा बैठक बस्न लागेको हो ।

यसअघि सभापति शेरबहादुर देउवाको निवासमा भएको पदाधिकारी र पूर्व पदाधिकारीको बैठकले महाधिवेशन सार्ने निर्णय गरेको थियो । यसलाई अनुमोदन गर्न आज केन्द्रीय समितिको बैठक बस्न लागेको हो ।

महाधिवेशनको नयाँ मिति आगामी भदौ १६ देखि गर्न प्रस्ताव गरिएको छ । त्यस्तै, असार ५ देखि सुरु हुनुपर्ने वडा तहको अधिवेशन साउन ६ देखि गर्न प्रस्ताव गरिएको छ । क्रियाशील सदस्यताको टुंगो लगाउन नसकिए कसरी महाधिवेशन गर्ने भन्ने टुंगो लगाउनसमेत कांग्रेसलाई दबाब छ ।

प्रकाशित मिति : बिहिबार, असार ३ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij