चौबीस घण्टामा २,२९७ जनामा संक्रमण पुष्टि, थप४६ जनाको मृत्यु

चौबीस घण्टामा २,२९७ जनामा संक्रमण पुष्टि, थप४६ जनाको मृत्यु

काठमाडौं – नेपालमा पछिल्लो समय सरकारले परीक्षणको दायरालाई घटाउँदै १० हजारमा सिमित बनाएको छ । परीक्षण घट्दै गएपछि हाल दैनिक रुपमा कोरोना संक्रमण पुष्टि हुनेको संख्या पनि घट्दै भएको छ । पछिल्लो चौबीस घण्टामा देशभरीबाट जम्मा १० हजार ९०४ मात्रै परीक्षण गरिएको छ ।

जसमा पीसीआर विधिबाट १५८४ तथा एन्टिजेन विधिबाट ७१३ जना गरि कुल २ हजार २९७ जनामा संक्रमण पुष्टि भएको छ। हालसम्म पीसीआर विधिबाट ६ लाख २२ हजार ६४० जना तथा एन्टिजेन विधिबाट २७ हजार ३०८ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ ।

त्यस्तै, पछिल्लो २४ घण्टामा थप ३ हजार १३० जना कोरोना संक्रमण मुक्त भइ डिस्चार्ज भएका छन् । योसँगै नेपालमा हालसम्म ५ लाख ५९ हजार ९२८ जना संक्रमणमुक्त भइसकेका छन् । नेपालमा निको हुने दर ८९.९ प्रतिशत रहेको छ । हाल देशभर ५३ हजार ९४० जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् । जसमध्ये ५० हजार ३०४ जना होम आइसोलेसनमा, ३ हजार ६३६ जना संस्थागत आइसोलेसनमा, ८११ जना आईसीयू तथा २३७ जना भेन्टिलेटरमा रहेका छन् ।

त्यस्तै, चौबीस घण्टामा ४६ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । योेसँगै कोरोनाका कारण ज्यान गुमाउनेको कुल संख्या नेपालमा ८ हजार ७७२ पुगेको छ । नेपालमा मृत्यु दर १.५ प्रतिशत रहेको छ ।

प्रकाशित मिति : सोमबार, असार ७ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij