थप रणनीति बनाउन विपक्षी गठबन्धनको बैठक बस्दै

थप रणनीति बनाउन विपक्षी गठबन्धनको बैठक बस्दै

काठमाडौं । सरकारविरुद्ध मोर्चाबन्दी बनेर लडिरहेको विपक्षी गठबन्धनको बैठक बस्दैछ । राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलकीअनुसार बैठक साँझ ५ बजे बुढानिलकण्ठमा बस्दैछ । बैठक पछिल्लो समय विकसित राजनीतिक विषयवस्तुबारे केन्द्रित हुने पौडेलको भनाइ छ । ‘खासमा केही दिनयतादेखि विकसित राजनीतिक विषयवस्तुबारे छलफल हुन्छ,’ पौडेलले मकालुखबरसँग भनिन्— ‘अन्य धेरै विषयवस्तुहरु पनि हुन्छन् ।’

प्रतिनिधि सभा निःसर्त पुनःजीवित हुनुपर्ने, कांग्रेस नेता शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्ति गर्नुपर्नेलगायतका विषयमा सर्वोच्च अदालतलाई परमादेश दिएको गठबन्धनले आजको बैठकमा आजबाट निरन्तर शुरु भएको प्रतिनिधि विघटनविरुद्धको सुनुवाइबारे समेत बृहत् छलफल गर्नेछ । पौडेलले भनिन्— ‘आजैबाट सर्वोच्चमा प्रतिनिधि सभा विघटनबारे परेका रिटहरुउपर निरन्तर सुनुवाइ शुरु भएको छ । यी नै विषयवस्तुहरुमा छलफल हुन्छ ।’

गत सोमबार पनि गठबन्धनको बैठक बसेको थियो । उक्त बैठकले प्रधानमन्त्री ओलीलाई दीर्घकालीन असर गर्ने काममा नसघाउन संवैधानिक आयोगहरुलाई आग्रह गर्नेलगायतका निष्कर्ष निकालेको थियो । बैठकमा नेता नेपालले संस्थापन पक्षसँग एकता गर्न नसक्ने बताएका थिए । ओलीसँग मिल्न लाग्नुभएको हो ? भन्ने नेताहरुको प्रश्नमा नेता नेपालले भनेका थिए— ‘संस्थापन पक्षको सर्तमा मिल्न सकिन्न । लगभग एकता कायम रहने सम्भावना सकिएको छ ।’

यसअघि हिजो सर्वोच्च अदालतले महन्थ ठाकुरपक्षीज जसपाका ११ जना मन्त्रीसँगै २० मन्त्रीलाई पदमुक्त गरिदिएको छ । अब यसपछिको राजनीतिक ‘सिनारियो’ कस्तो बन्ने र कस्तो रणनीति अपनाउने भन्नेबारे आजको बैठकमा छलफल हुनेछ । एक कांग्रेस नेताले भने— ‘थप रणनीति बनाउन बैठक बस्न लागेको हो । पछिल्लो पटक विकसित राजनीतिक परिवेश निको छैन । नेताहरुले यसै विषयमा छलफल गर्न लाग्नुभएको हो ।’

देउवा निवासमा बस्ने बैठकमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, विपक्षी एमाले नेता माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईलगायतका नेताहरु सहभागी हुनेछन् ।

प्रकाशित मिति : बुधबार, असार ९ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij