संसद् विघटन सम्बन्धी मुद्दामा आज पनि सरकारी पक्षले बहस गर्ने

संसद् विघटन सम्बन्धी मुद्दामा आज पनि सरकारी पक्षले बहस गर्ने

काठमाडौं । प्रतिनिधि सभा विघटनसम्बन्धी परेका रिट निवेदनमाथि आज पनि सरकारी पक्षका वकिलहरुले बहस गर्ने छन् । आज नायब महान्यायाधिवक्ता पदमप्रसाद पाण्डेयले बहस गर्ने सर्वोच्च अदालतले जनाएको छ ।

पाण्डेयका लागि दुई घण्टाको समय छुट्याइएको छ । सोमबारदेखि सुरु भएको सरकार पक्षको बहसमा महान्यायाधिवक्ता रमेश बडालले सवा ३ घण्टा बहस गरेका थिए । बहसका क्रममा महान्यायाधिवक्ता बडालले स्वतन्त्र रुपमा निर्वाचित सांसद पनि सरकार बनाउने दाबी लिएर जान सक्ने तर त्यस्ता सांसदलाई विश्वासको मत दिन पनि दलको ह्वीप लाग्ने तर्क गरेका थिए ।

संविधानको धारा ७६ को ३ अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले मार्ग प्रशस्त गरेपछि जनता समाजवादी पार्टीले समर्थन गरेको हुनाले नै ओलीले फेरि उपधारा (५) मा दाबी गरेको बडालको भनाइ थियो । संविधानको धारा ७६ को उपधारा ५ अनुसार प्रधानमन्त्रीमा प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाको दाबी परेको थियो । तर, राष्ट्रपति विद्यादेवी भण्डारीले दुवैको दाबी अस्वीकार गरेकी थिइन् ।

त्यसलगत्तै प्रतिनिधि सभा विघटन भएपछि विपक्षी गठबन्धनले प्रतिनिधि सभा पुनःस्थापना र कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न माग गर्दै १४६ सांसदसहित सर्वोच्च अदालत पुगेर रिट निवेदन दायर गरेका थिए । जुन मुद्दामा अहिले सर्वोच्च अदालतको संवैधानिक इजलासमा बहस जारी छ ।

प्रकाशित मिति : मंगलबार, असार १५ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij