रुपन्देहीमा पछिल्लो पटक ३६ जना नयाँ कोरोना संक्रमित थपिए

रुपन्देहीमा पछिल्लो पटक ३६ जना नयाँ कोरोना संक्रमित थपिए

बुटवल । रुपन्देहीमा पछिल्लो पटक ३६ जना नयाँ कोरोना संक्रमित थपिएका छन् ।

जिल्ला स्वास्थ्य कार्यालयले जारी गरेको तथ्याङ्क अनुसार पछिल्लो २४ घण्टामा २ सय ९६ जनामा गरिएको परिक्षणमा उक्त संख्यामा कोरोना संक्रमित फेला परेका हुन् ।

त्यस्तै उक्त अवधिमा जिल्लामा कुनै पनि संक्रमितको ज्यान नगएको कार्यालयले जनाएको छ ।  तथ्याङ्क अनुसार जिल्लामा सक्रिय संक्रमितको संख्या तीन सय ३ सय ४१ पुगेको छ ।

पछिल्लो पटक थपिएका संक्रमितमध्ये तिलोत्तमामा १८ जना रहेका छन्, जुन अन्य सबै पालिकाहरुमा भन्दा धेरै हो । त्यसबाहेक बुटवलमा ७, देवदहमा ४, सिद्धार्थ नगरपालिकामा २, शुद्धोधनमा २ जना थपिएका छन् । त्यस्तै सैनामैना, ओमसतिया र कञ्चनमा एक–एक जना कोरोना संक्रमित थपिएका छन् ।

योसँगै जिल्लामा हालसम्म कुल संक्रमितको संख्या २८ हजार ७ सय १६ पुगेको छ । तीमध्ये ९७ प्रतिशत निको भइसकेका छन् भने १ प्रतिशतको मृत्यु भएको छ । बाँकी १ प्रतिशत सक्रिय संक्रमितका रुपमा रहेका छन् ।

प्रकाशित मिति : शुक्रबार, साउन १ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij