चौबीस घण्टामा २ हजार १६४ डिस्चार्ज, २१ जनाको मृत्यु

चौबीस घण्टामा २ हजार १६४ डिस्चार्ज, २१ जनाको मृत्यु

काठमाडौं । नेपालमा पछिल्लो चौबीस घण्टामा १ हजार ८७५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । सोही अवधीमा २ हजार १६४ जना कोरोना संक्रमित निको भई डिस्चार्ज भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको ६ हजार ८५८ जनाको पीसीआर परीक्षणबाट १ हजार ३१० र ३ हजार २०८ जनामा गरिएको एन्टिजेन परीक्षणमा ५६५ जना गरी जम्मा १ हजार ८७५ जनामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै चौबीस घण्टामा २१ जनाको कोरोनाका कारण मृत्यु भएको छ । नेपालमा हाल मृत्यु हुनेको संख्या ९ हजार ५२७ पुगेको छ । नेपालमा हाल सक्रिय संक्रमितको संख्या २५ हजार ९५२ रहेको छ ।

हालसम्म नेपालमा कुल डिस्चार्ज हुनेको संख्या ६ लाख ३० हजार ४०७ जना पुगेका छन् । हाल नेपालमा क्वारिन्टिनमा ३३७ र आइसोलेसनमा २५ हजार ९५२ जना रहेका छन् ।

नेपालमा हालसम्म ६ लाख ६५ हजार ८८६ जनामा संक्रमण पुष्टि भएको छ ।

प्रकाशित मिति : शनिबार, साउन २ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij