बुटवल । रुपन्देहीमा पछिल्लो २४ घण्टामा २१ जना कोरोना संक्रमित थपिएका छन् । जिल्ला स्वास्थ्य कार्यालयले जारी गरेको पछिल्लो तथ्याङ्क अनुसार उक्त अवधिमा जिल्लाममा दुई सय २१ जनामा आरटी पीसीआर परिक्षण गरिएको थियो ।
थपिएकामध्ये बुटवलका ८ जना, सिद्धार्थ नगरपालिकाका ४ जना, तिलोत्तमाका ४ जना, सियारीका एक जना, देवदहका २ जना, सैनामैनाका एक जना र कञ्चनका एक जना रहेका छन् ।
योसँगै जिल्लामा सक्रिय संक्रमितको संख्या ३२९ पुगेको छ ।
पछिल्लो २४ घण्टामा जिल्लामा कुनै संक्रमितको पनि ज्यान नगएको कार्यालयले जनाएको छ ।
जिल्लामा हालसम्म २८ हजार ७ सय ३७ जना संक्रमित पुगेका छन् । तीमध्ये ९७ प्रतिशत निको भइसकेका छन् । दुई प्रतिशतको ज्यान गएको छ भने बाँकी एक प्रतिशत सक्रिय संक्रमितका रुपमा रहेका छन् ।
प्रकाशित मिति : शनिबार, साउन २ २०७८
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्