JanataToday.com

Advertisment

SKIP THIS

बुटवल उद्योग वाणिज्य संघमा थप तीनवटा बस्तुगत समिति गठन

बुटवल उद्योग वाणिज्य संघमा थप तीनवटा बस्तुगत समिति गठन

 

बुटवल- बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीमा थप तीनवटा बस्तुगत समिति गठन गरिएको छ । मंगलबार संघमा भएको बिषयगत उद्योगी व्यबसायीहरुको भेलाले कृषि अन्तरगत लाईवस्टक र डेरी तथा कपडा बस्तुगत समिति गठन गरिएको हो ।

कृषितर्फ लाईभ स्टक बस्तुगत समितिको सभापतिमा शम्भुकुमार गुप्तालाई चयन गरिएको छ । समितिको उपसभापतिमा गंगाप्रसाद सापकोटा तथा सदस्यहरुमा अमृतनारायण श्रेष्ठ, गोपाल पाण्डे, मेघनाथ पौडेल, राजन पौडेल र टंक ज्ञवालीलाई चयन गरिएको छ । त्यस्तै कृष्णप्रसाद भट्टराईलाई समितिको सल्लाहकार चयन गरिएको छ ।

त्यस्तै कृषितर्फ नै डेरी बस्तुगत समितिको सभापतिमा गणेशसिंह भण्डारी र उपसभापतिमा कृष्णप्रसाद उपाध्यायलाई चयन गरिएको छ । समितिको सदस्यहरुमा उमा शर्मा, संजोग श्रेष्ठ, जीवलाल न्यौपाने, कृष्ण पन्त र पितामबर भण्डारीलाई चयन गरिएको छ । त्यस्तै कृष्णप्रसाद भट्टराई, पदमप्रसाद पौडेल र मदन काफ्लेलाई सल्लाहकारमा चयन गरिएको छ ।

त्यस्तैगरि कपडा बस्तुगत समितिको सभापतिमा अनिलकुमार चुकेलाई चयन गरिएको छ । समितिको उपसभापतिमा हरेन्द्र पटवा र सदस्यहरुमा खड्ग थापा, देबेन्द्र श्रेष्ठ, राकेश कसौधन, सम्झना ह्योजु, राजेश कसजु, निर्मल श्रेष्ठ र स्वराज जयसवाललाई चयन गरिएको छ ।

कार्यक्रममा संघका निवर्तमान अध्यक्ष खिमबहादुर हमाल, वरिष्ठ उपाध्यक्ष दिनेशप्रसाद श्रेष्ठ, उद्योग उपाध्यक्ष टंकप्रसाद गैरे, वाणिज्य उपाध्यक्ष नरिश्वर शर्मा पौडेल, संघका कार्यसमिति सदस्यहरु कृषि बस्तुगत समितिका समन्वय कर्ता बसन्तप्रसाद ढकाल, कपडा बस्तुगत समितिका समन्वय कर्ता प्रकाशकुमार श्रेष्ठ, कार्यसमिति सदस्य तथा कपडा बस्तुगत समितिका निवर्तमान अध्यक्ष त्रिबिक्रम श्रेष्ठ लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो ।

प्रकाशित मिति : मंगलबार, साउन १२ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij