नेपालमा डेल्टा भेरियन्टमा उत्परिवर्तन फेला, तेस्रो लहरको चुनौतीपूर्ण अवस्थाको तयारी गर्न अनुरोध

नेपालमा डेल्टा भेरियन्टमा उत्परिवर्तन फेला, तेस्रो लहरको चुनौतीपूर्ण अवस्थाको तयारी गर्न अनुरोध

काठमाडौं – नेपालमा कोरोना भाइरसको डेल्टा भेरियन्टमा उत्परिवर्तन फेला परेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ४७ वटा नमुनाको परीक्षण भारतको दिल्लीमा गरेकोमा तीन वटा नमुनामा डेल्टा भेरियन्टमा उत्परिवर्तन भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार एक विज्ञप्तिमार्फत जनाएको छ । जसलाई ‘ए वाई वान’ नाम दिइएको मन्त्रालयले जनाएको छ ।

उत्परिवर्तन भएको यो भेरियन्टलाई डेल्टा प्लस नामले चिनिने गरेको छ । नेपालमा अहिलेसम्म अल्फा र डेल्टा भेरियन्ट तथा भेरियन्ट अफ इन्ट्रेस्टको रूपमा कप्पा भेरियन्ट पुष्टि भएको छ । यी भेरियन्टहरू सबै उमेर समूहका व्यक्तिलाई असर गर्ने अध्ययनले देखाएको मन्त्रालयले जनाएको छ ।

संक्रमणको जोखिम बढीरहेको अवस्थामा संक्रमण रोकथाम तथा नियन्त्रणका लागि प्रभावकारी भूमिका निर्वाह गर्र्दै संवेदनशील भएर जनस्वास्थ्यका मापदण्डहरुको पालना गर्न र तेस्रो लहरको चुनौतीपूर्ण अवस्थाको तयारी गर्न मन्त्रालयले अनुरोध गरेको छ ।

प्रकाशित मिति : मंगलबार, साउन १२ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij