काठमाडौं -नेपालमा पछिल्लो चौबीस घण्टामा ३ हजार १०६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । सोही अवधीमा १ हजार ९१६ जना कोरोना संक्रमित निको भई डिस्चार्ज भएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको ९ हजार २६३ जनाको पीसीआर परीक्षणबाट २ हजार २८० र ४ हजार २५६ जनामा गरिएको एन्टिजेन परीक्षणमा ८२६ जना गरी जम्मा ३ हजार १०६ जनामा संक्रमण पुष्टि भएको हो ।
त्यस्तै चौबीस घण्टामा २३ जनाको कोरोनाका कारण मृत्यु भएको छ । नेपालमा हाल मृत्यु हुनेको संख्या ९ हजार ८५७ पुगेको छ । नेपालमा हाल सक्रिय संक्रमितको संख्या ३१ हजार ३५५ रहेको छ ।
हालसम्म नेपालमा कुल डिस्चार्ज हुनेको संख्या ६ लाख ५४ हजार १७७ जना पुगेका छन् । हाल नेपालमा क्वारिन्टिनमा ३८० र आइसोलेसनमा ३१ हजार ३५५ जना रहेका छन् ।
नेपालमा हालसम्म ६ लाख ८५ हजार ३८९ जनामा संक्रमण पुष्टि भएको छ ।
प्रकाशित मिति : शनिबार, साउन १६ २०७८
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्