काठमाडौं : भुटानले नेपाललाई अनुदानमा दिएको तीन लाख डोज एस्ट्रजेनका खोप नेपाल आइपुगेको छ।
भुटानको राष्ट्रिय ध्वजाबाहक विमान डुक एयरबाट खोप आज विहान नौ बजेर चालिस मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेको स्वास्थ्य सेवा विभागले जनाएको छ।
उक्त खोप अहिले टेकुमा भण्डारण गरिएको र प्राथमिकताका आधारमा ज्येष्ठ नागरिकलाई लगाइने विभागका महानिर्देशक प्राध्यापक आरपी विच्छाले जनाकारी दिए।
७ लाख ८० हजार जनसंख्या रहेको भुटानले कोभ्याक्स सुविधा र विभिन्न मुलुकबाट अनुदानमा दिएको मात्रै गरी ९ लाख बढी डोज खोप प्राप्त गरेको थियो।
भुटानले अनुदानमा उपलब्ध गराउने एस्ट्राजेनेका खोप कोभिसिल्डको पहिलो मात्रा लगाएका ज्येष्ठ नागरिकलाई लगाइने छ।
प्रकाशित मिति : शुक्रबार, साउन २२ २०७८
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्