खोपलाई व्यवस्थित बनाउन खोप केन्द्र र स्वास्थ्यकर्मी बढाउँदै लैजान्छौँ : स्वास्थ्य मन्त्रालय

खोपलाई व्यवस्थित बनाउन खोप केन्द्र र स्वास्थ्यकर्मी बढाउँदै लैजान्छौँ : स्वास्थ्य मन्त्रालय

काठमाण्डाै – आयात बढेसँगै सरकारले १८ वर्ष माथिका सबैलाई खोप दिने लक्ष्यअनुसार खोप केन्द्र बढाउँदै लैजाने भएको छ । यसले खोप केन्द्रमा देखिएको भीड व्यवस्थित गर्न सहयोग पुग्ने छ । खोप अभियानलाई व्यवस्थित गर्नकै लागि मन्त्रालयले अनलाइनमार्फत नाम दर्ता गर्न पनि थालेको छ ।

यस्तै, खोपलाई कार्यक्रमलाई प्रभावकारी ढङ्गले चलाउन केन्द्रसँगै स्वास्थ्यकर्मीको परिचालन पनि बढाउने तयारी भइरहेको स्वास्थ मन्त्रालयका सहप्रवक्ता डाक्टर समिर अधिकारीले बताउनुभयो । खोपको आयातलाई हेरे केन्द्र थप्दै जाने उहाँको भनाइ छ । तर, खोप केन्द्र र स्वास्थ्यकर्मी थपेर मात्रै समस्या समाधान नहुने भन्दै उहाँले आफ्नो पालोमा मात्रै खोप लगाउन आग्रह गर्नु भएको छ ।

स्वास्थ्य मन्त्रालयले भोलिदेखि कोभिसिल्डको दोस्रो मात्रा वितरण गर्ने जनाइसकेको छ । कोभिशिल्डको दोस्रो मात्राको पर्खाइमा रहेका ज्येष्ठ नागरिकलाई यो खोप दिइनेछ । हिजो जापानले उपलब्ध गराउने भनेको १६ लाखमध्ये ४ लाख डोज खोप काठमाण्डौ आइपुगेको छ । आज थप ४ लाख खोप आउने छ ।

अस्ति भुटानबाट तीन लाख खोप आएको थियो । प्राप्त यी खोप अहिले दिइरहेका केन्द्रबाट ज्येष्ठ नागरिकलाई दिइने मन्त्रालयले जनाएको छ । सरकारले  गएको वर्ष फागुन २३ देखि चैत ३ गतेसम्म ६५ वर्षमाथिका ज्येष्ठ नागरिकलाई कोभिशिल्ड खोप लगाएको थियो । झण्डै १४ लाख ज्येष्ठ नागरिक अहिले कोभिसिल्डको दोस्रो मात्राको पर्खाइमा छन्।

प्रकाशित मिति : आइतबार, साउन २४ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij