गगनको प्रश्न : १२ कक्षाको परीक्षा किन स्थगित?

गगनको प्रश्न : १२ कक्षाको परीक्षा किन स्थगित?

काठमाडाैं – नेपाली कांग्रेसका नेता गगन थापाले कक्षा १२ को मात्रै परीक्षा स्थगित गरिएको बारेमा सरकारसँग प्रश्न साेधेका छन् ।

थापाले सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस पाेष्ट गर्दै, अरू परीक्षा सञ्चालन भइरहेका बेला कक्षा १२ को मात्रै परीक्षा स्थगित गरिएको आधार र तर्कबारे जवाफ मागेका हुन् ।

उनले लेखेका छन्, ‘कोरोना महामारीको कारणले कक्षा १२ को परीक्षा स्थगित तर अन्य परीक्षा सञ्चालन, यसको आधार र तर्क के हो ?’ यस विषयमा स्वास्थ्य मन्त्रालयको धारणा के छ ?’

उनले अन्य परीक्षा पनि स्वास्थ्य मापदन्ड पालन गरेर चलाउनुपर्नेमा जोड दिएका छन् ।

उनले लेखेका छन्, ‘प्रधानमन्त्रीज्यू कि त स्वास्थ्यका सम्पूर्ण मापदन्ड पूरा गरेर परीक्षा सञ्चालन गर्ने विश्वास सरकारले दिलाउनु पर्यो कि त वैकल्पिक माध्यामबाट परीक्षा सञ्चालन गर्नुपर्यो ।’

प्रकाशित मिति : सोमबार, साउन २५ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij