फेरि मनसुन सक्रिय: यी प्रदेशमा भारी वर्षाको सम्भावना

फेरि मनसुन सक्रिय: यी प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँ – अहिले देशभर बदली रहि प्रदेश २, बागमती र गण्डकी प्रदेशमा वर्षा भइरहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनी न्यून चापीय रेखा नेपालको तराई भू-भाग नजिक रहेकोले वर्षा भइरहेको हो ।

महाशाखाका अनुसार आज दिउँसो देशका धेरै स्थानमा हल्कादेखि मध्यमसम्म वर्षाको सम्भावना छ । यस क्रममा प्रदेश–१, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा मेघगर्जन / चट्याङसहित भारी वर्षाको पनि सम्भावना छ ।

यस्तै राति पनि देशका धेरै स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ । यस क्रममा प्रदेश-१, प्रदेश-२, बागमतीका थोरै र गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा मेघगर्जन / चट्याङसहित भारी वर्षाको सम्भावना पनि छ ।

भारी वर्षाको सम्भावना भएका क्षेत्रका कमजोर पहाडमा पहिराे तथा भू-क्षय र नदी तटीय क्षेत्रमा बाढी तथा कटानको जोखिम हुने भएकाले सतर्क हुन विभागले आग्रह गरेको छ । बुधबारबाट मनसुन थप सक्रिय भएको छ ।

प्रकाशित मिति : शुक्रबार, साउन २९ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij