काठमाडौँ – नेपाली राष्ट्रिय क्रिकेट टिमको नयाँ जर्सी सार्वजनिक भएको छ । खुल्ला आवेदनबाट प्राप्त भएका झण्डै ५०० डिजाइनमध्ये आदर्श पोखरेलले डिजाइन गरेको जर्सीलाई नेपाली क्रिकेट टिमको नयाँ जर्सीका रुपमा छनोट गरिएको नेपाल क्रिकेट संघ क्यानले जनाएको छ ।
नयाँ जर्सी प्रायोजक ‘माई सेकेन्ड टिचर’का शुलभ बुढाथोकी र क्यानका कोषाध्यक्ष रोशनकुमार सिंहले सार्वजनिक गरेका हुन् । क्यानले जर्सीको प्रायोजक खोज्ने जिम्मा लिएको एडप्याडले समर्थकहरुबाट खुल्ला प्रतिस्पर्धा गराई नयाँ जर्सीको डिजाइन मगाएका थिए ।

जर्सीको डिजाइनर पोखरेलले पनि एक लाख रुपैयाँ पुरस्कार पाएको क्यानले जनाएको छ । नयाँ डिजाइनको मंगलबार ओमान जाने नेपाली टिमले लगाउनेछ ।
जर्सी क्यानका बोर्ड सदस्य छुम्बी लामा, जनरल म्यानेजर रौनक मल्ल, क्रिकेट म्यानेजर विनोद दास र माइसेकेन्ड टिचरका आशिष सिग्देल रहेको चार सदस्यीय समितिले चयन गरेको हो ।
प्रकाशित मिति : सोमबार, भाद्र ७ २०७८
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्