JanataToday.com

Advertisment

SKIP THIS

बुटवल उवासंघमा ‘रेडिमेट फेन्सी बस्तुगत समिति’ गठन

बुटवल उवासंघमा ‘रेडिमेट फेन्सी बस्तुगत समिति’ गठन

बुटवल

बुटवल उद्योग बाणिज्य संघ रुपन्देहीमा रेडिमेट फेन्सी बस्तुगत समिति गठन गरिएको छ । बुधबार बस्तुगत समितिका सदस्यहरुको बैठकले विष्णुप्रसाद पौडेलको सभापतित्वमा उक्त बस्तुगत समिति गठन गरिएको हो ।

समितिको उपसभापतिमा अरुणकुमार श्रेष्ठ, सचिवमा शंकर ज्ञवाली, कोषाध्यक्षमा सुरज लम्साललाई चयन गरिएको छ । त्यस्तै सदस्यहरुमा दीपकनारायण श्रेष्ठ, विजय ज्ञवाली ईश्वर श्रेष्ठ, युवराज पन्त, रोषनी पाण्डे, संगिता गौचन र गोमा पोखरेल श्रेष्ठलाई चयन गरिएको छ ।

कार्यक्रममा बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष उज्ज्वलप्रसाद कसजूले बस्तुगत समितिले पहिचान गरेका समस्या समाधानको लागि संघले पहल र पैरवी गर्ने बताउँदै बस्तुगत समितिलाई क्रियाशिल भएर व्यबसायिक समस्या उजागर गर्न आग्रह गर्नुभयो । त्यस्तै निवर्तमान अध्यक्ष खिमबहादुर हमालले बस्तुगत समिति संघको मेरुदण्ड भएको उल्लेख गर्दै संघलाई बलियो बनाउने काम बस्तुगत समितिको भएको बताउनु भयो ।

बुटवल उद्योग बाणिज्य संघका वाणिज्य उपाध्यक्ष नरिश्वर शर्मा पौडेलको अध्यक्षतामा भएको भेलाको समन्वय रेडिमेट फेन्सी बस्तुगत समितिका समन्वय कर्ता तथा संघका सचिव मुक्तिप्रसाद अधिकारीले गर्नुभएको थियो ।

 

प्रकाशित मिति : बुधबार, भाद्र ९ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij