एक करोडको लागतमा शंकरपुरमा मस्जिद र मदरसा निर्माण

एक करोडको लागतमा शंकरपुरमा मस्जिद र मदरसा निर्माण

भैरहवा -रुपन्देहीको सिद्धार्थनगर ११ शंकरपुरमा मस्जिदको पुनर्निर्माण भएको छ ।
२०६२ सालमा निर्माण भएको मस्जिद हाल निर्माणधिन गौतमबुद्ध विमानस्थलको अधिग्रहणमा परे पछि मदरसा सहितको मस्जिद विधिवत रुपमा शुभारम्भ भएको हो ।
२ कठ्ठा ६ धुर क्षेत्रफलमा करिब एक करोडको लागतमा मदरसा र मस्जिद निर्माण भएको मदरसा अरवियिा अहले सुन्नत नुरुल ओलुमका अध्यक्ष मोहम्मद मुस्तफाले बताउनु भयो । बाल विकास देखि कक्षा ५ सम्म पढाई हुने र एकै साथ २ सय जना सम्म सामूहिक प्रर्थाना गर्न सक्नेगरी मस्जिदको निर्माण भएको छ, शुक्रबार जुमाको नमाज पढाएर मस्जिद शुभारम्भ भएको छ अब यहाँ नियमित दैनिक ५ पटक नमाज हुन्छ अध्यक्ष मुस्तफाले भन्नु भयो ।
विमानस्थलको मुअब्जा वापत आएको ७० लाख, सिद्धार्थनगर वडा समिति मार्फत आएको ५ लाख र स्थानीय मुस्लिम समुदायको आर्थिक सहायतामा मस्जिद तथा मदरसा निर्माण भएको मदरसा व्यवस्थापन समितिले जानकारी दिएको छ ।
मस्जिदको निर्माण पश्चात अब शंकरपुरका साथै वरपर धर्मपुर, कचरिहवा आसपासका मुस्लिम समुदायले साम्हिक प्रार्थना गर्न पाउनेछन । कक्षा ५ सम्म मुस्लिम दिनीयात तालिम सहितको नेपाली पाठ्यक्रममा आधारित शिक्षा मदरसाबाट प्राप्त हुने समितिले जानकारी दिएको छ ।
मस्जिदको मरहरा सरिफका पिरे तरिकत मौलाना शाहिद रजा जैदी र पिरे तरिकत शहजादे मुक्तरुल औलिया मशउद रजा किब्ला वराव शरिफले जुमाको नमाज पढाएर उद्घाटन गर्नु भएको हो । सो अवसरमा बोल्दै वक्ताहरुले विश्वको सबै भन्दा उत्कृष्ठ र शान्त ठाँउ नै मस्जिद रहेको बताए । नमाज पढेर नै आत्माको शान्ति हुनुका साथै, शारिरीक अभ्यास र स्वास्थ्य रह्न सकिने उहाहरुले बताउनु भयो । नमाज सिक्ने र पढ्ने ठाँउ एकै थलोको रुपमा विकास भएपनि यसलाई स्थानीयले प्रयोग गरी संस्कृति र संस्कारको संरक्षण गर्नु पर्ने बताउनु भयो । करिब ६ महिना अघि शिलान्यास समेत गरेका प्रमुख अतिथी पिरे तरिकत शाहिद रजाले मस्जिद बनाएर मात्र नभई मस्जिदमा नियमित रुपमा धेरै भन्दा धेरै नमाजीहरुको सहभागिता हुनु पर्ने बताउनु भयो ।
स्थानीय मौलाना तथा मोलबीहरुको उपस्थ्तिीमा शुभारम्भ भएको मस्जिद निर्माणका लागि अध्यक्ष मोहम्मद मुस्तफा तथा सदस्यहरु मकबुल अहमद, मुस्ताक अहमद, मनौअर अलि, कमरुद्दीन पठान, मोहम्मद शइद शेख, जलालुद्दिन पठान, मोहम्मद युसुफ शेख, इब्राहिम खान लगायतको अग्रसरतामा मस्जिद निर्माण सम्पन्न भई शुभारम्भ भएको छ ।

प्रकाशित मिति : शुक्रबार, भाद्र २५ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij