एक हप्ता मनसुन कमजोर हुने, गर्मी बढ्ने

एक हप्ता मनसुन कमजोर हुने, गर्मी बढ्ने

काठमाण्डाै – अबको एक हप्ता मनसुन कमजोर हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मनसुनी न्यूनचापीय रेखा नेपालबाट दक्षिणतर्फ रहेकाले अझै एक हप्ता ठूलो पानी पर्ने वा लगातार झरी पर्ने सम्भावना नभएको महाशाखाका मौसमविद् समिर श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँका अनुसार स्थानीय वायुको प्रभावका कारण आज दिउँसोपछि भने काठमाण्डौ उपत्यकासहित आसपासका क्षेत्रमा सामान्य पानी पर्ने सम्भावना छ । देशका अरु ठाउँको मौसम भने सामान्य बद्ली भएर कतैकतै हल्कादेखि मध्यम खालको पानी पर्ने सम्भावना भएको उहाँले बताउनुभयो ।

केही दिन लगातार पानी वा झरी पर्ने सम्भावना तत्कालको लागि नदेखिए पनि कहिलेकाहीँ स्थानीय रुपमा मौसमी प्रणाली विकसित हुन सक्ने भएकाले पानी पर्न सक्छ । लगातार झरी नपर्ने भएकाले अबको केही दिन गर्मी बढ्ने महाशाखाले जनाएको छ ।

काठमाण्डौ उपत्यकामा आज २८ देखि ३० डिग्री सेल्सियससम्म तापक्रम पुग्ने अनुमान छ । देशका अरु ठाउँमा पनि तुलनात्मक रुपमा तापक्रम बढ्ने महाशाखाले जनाएको छ।

प्रकाशित मिति : आइतबार, भाद्र २७ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij