काठमाडौं ।
आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेपाल, ओमान र अमेरिकाबीचको त्रिकोणात्मक एकदिवसीय सिरिज आज सोमबारबाट सुरु हुँदैछ।
ओमानको अल अमिरात क्रिकेट मैदानमा नेपालले आज अमेरिकाविरुद्ध खेल्दै सिरिजको सुरुवात गर्नेछ। नेपाल र अमेरिकाबीचको खेल दिउँसो ४स्१५ बजे सुरु हुनेछ।
अमेरिकाविरुद्ध मैदान उत्रदा नेपाल सुखद सुरुवात गर्ने योजनामा हुनेछ। तर, बलियो प्रतिद्वन्दीविरुद्ध जित निकाल्न नेपाललाई सहज भने छैन ।कप्तान ज्ञानेन्द्र मल्लले अमेरिकाविरुद्धको खेल कठिन हुने स्विकार गरे ।
अमेरिका राम्रो छ । चार नयाँ खेलाडी छन् । उनीहरुले पीएनजीसँग राम्रो खेलेको थियो । सजिलो हुन्छ जस्तो लाग्दैन । खेल कठिन हुन्छ जस्तो लाग्छ,ु कप्तान मल्ल भन्छन्,तालिकामा दोस्रो स्थानमा समेत रहेको छ । यो अवस्थामा केहि फरक पर्छ जस्तो लाग्छ
लिग–२ अन्तर्गत नै नेपालले यस अघि घरेलु मैदानमा अमेरिकासँग दुई खेल खेलेको थियो। नेपालले दुबै खेल जितेको थियो।जसको कारण नेपाल आत्मविश्वासी भएर मैदान उत्रनेछ । अमेरिका भने नेपालविरुद्ध बदलाको योजनामा हुनेछ ।
तर, ओमानको अवस्था फरक भएको कारण विगतको भन्दा खेल फरक हुने कप्तान मल्लले बताए । व्यवसायिक खेलाडी भईसकेपछि विगत भन्दा वर्तमान र भविष्यलाई हेर्नु पर्छ जस्तो लाग्छ । उनीहरु अघिल्लो पटकको भन्दा उच्च मनोबल बनाएको आएको हुनसक्छ । नेपाल र यहाँको अवस्था फरक छ । त्यसैले निकै प्रतिस्पर्धा हुनेछ उनले भने ।
सन् २०२० को फेब्रुअरी १२ मा टियु क्रिकेट मैदानमा नेपालले अमेरिकासँग पछिल्लो पटक प्रतिस्पर्धा गरेको थियो। त्यस खेलमा नेपालले अमेरिकालाई ८ विकेटले हराएको थियो।
अमेरिकाले दिएको ३६ रनको लक्ष्य नेपालले ५ ओभर २ बलमा २ विकेट गुमाएर पूरा गरेको थियो।त्यसअघि फेब्रुअरी ८ मा भएको खेलमा नेपालले अमेरिकालाई ३५ रनले हराएको थियो। नेपालले दिएको १ सय ९१ रनको लक्ष्य पछ्याएको अमेरिका ४४ ओभर १ बलमा अलआउट हुँदै १ सय ५५ रनमा समेटिएको थियो।
उक्त सिरिजमा नेपाल ओमानसँगको दुबै खेलमा पराजित भएको थियो। ओमानसँग नेपाल पहिलो खेलमा १८ रन र दोस्रो खेलमा ८ विकेटले पराजित भएको थियो।नेपालले सिरिजको तयारीका लागि पपुवा न्युगिनी ९पीएनजी० सँग दुई एकदिवसीय अन्तराष्ट्रिय सिरिज खेलेको थियो। जसमा नेपालले २(० ले क्लिन स्विप गर्यो।
अमेरिकाले समेत पीएनजीविरुद्धको दुबै खेल जितेको थियो ।त्यस्तै नेपालले दोस्रो खेलमा ओमानसँग मंगलबार प्रतिस्पर्धा गर्नेछ।नेपालले तेस्रो खेलमा अमेरिकासँग शुक्रबार प्रतिस्पर्धा गर्दा आफ्नो अन्तिम खेलमा नेपालले ओमानसँग आइतबार खेल्नेछ।
प्रकाशित मिति : सोमबार, भाद्र २८ २०७८
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्