काठमाडाैँ – आईसीसी विश्व कप लिग-२ अन्तर्गत नेपालले आज दोस्रो त्रिकोणात्मक शृङ्खला खेल्दै छ । डेढ वर्षपछि पुरानै टिम विरुद्ध नेपाल मैदानमा उत्रँदा आफूलाई बलियो प्रमाणित गर्नु पर्नै चुनौती छ ।
शृङ्खलाको सुरुवात नेपालले अमेरिका विरुद्धको खेलबाट आज गर्दै छ । ओमानस्थित अल अमिरात क्रिकेट मैदानमा सोमबार साँझ ४:१५ बाट खेल सुरू हुने छ। डे-नाइट एक दिवसीयका रूपमा रहने खेलमा नेपालले ओमानसँग १४ सेप्टेम्बर तथा तेस्रो खेल १७ सेप्टेम्बरमा अमेरिका र चौथो खेल १९ सेप्टेम्बरमा ओमानसँग खेल्दै यो शृङ्खलाको अन्त गर्ने छ ।
यही शृङ्खलाका लागि नेपालले यसअघि घरेलु मैदानमा नै अमेरिकासँग दुई खेल खेलेको छ । जहाँ नेपालले दुवै खेलमा जित हासिल गर्दै ४ अंक बटुलेको थियो । तर त्यस शृङ्खला पछि अमेरिकाले आफ्नो टीममाम व्यापक फेरबदल गरेको छ । त्यसैले फेरिएको अमेरिकालाई हेरेर आजको खेल अनुमान गर्नु हतार हुने छ ।
गत वर्षको त्रिकोणात्मक सिरिजपछि अमेरिकाले ६ खेलाडी परिवर्तन गरेको छ । त्रिकोणात्मक सिरिज अघि नेपालले जस्तै अमेरिकाले पनि पीएनजीसँगनै दुई अभ्यास खेल खेलेको थियो । जसमा दुवै खेलमा अमेरिका विजयी भयो। मुख्य रूपमा विकेटकिपर जसकारण मल्होत्राको कीर्तिमानी ब्याटिङ नेपालका लागि पनि चुनौती हुने छ । उनले दोस्रो खेलमा ६ बलमा ६ छक्का प्रहार गर्दै १७३ रनको अविजित इनिङ खेलेका थिए ।
त्यसो त गत वर्ष नेपालको घरेलु मैदानमा ३५ रनमा अमेरिका अलआउट भएपछि अमेरिकाले प्रशिक्षक परिवर्तन गर्यो । न्युजिल्यान्डका जिम्मी पेनेटको स्थानमा भारतका जे अरुण कुमार अमेरिकाको प्रशिक्षक बने त्यसपछि अमेरिकामा व्यापक मात्रामा खेलाडी परिवर्तन भएको छ ।
नयाँ खेलाडीहरू गजानन्द सिंह, अभिषेक पराडकर, सुशान्त मोदानी र डोमिनिक रिखीलाई समावेश गर्दै टिम बलियो बनाएको छ । त्यसैले नेपाल विरुद्ध अमेरिकाको खेल स्वाभाविक रुपमा प्रतिस्पर्धात्मक हुने छ ।
हेड टु हेडमा नेपाल र अमेरिका धेरै पटक एक अर्का विरुद्ध प्रतिस्पर्धा गरिरहेपनि पछिल्लो पाँच वर्षमा भने सीमित मात्रै प्रतियोगिता खेलेका छन् । २०१३ आईसीसी विश्व क्रिकेट लिग डिभिजन-३ मा नेपाल ९४ रनले पराजित भएको थियो भने २०१४ आईसीसी विश्व क्रिकेट लिग डिभिजन-३ नेपाल १० रनले विजयी भयो ।
त्यसपछि २०१७ मा युएईमा भएको मैत्रीपूर्ण अभ्यास खेलमा अमेरिका ५ विकेटले विजयी भएको थियो तर गत वर्ष भने अमेरिका नेपालविरुद्ध कमजोर साबित भयो । २०२० मा भएको विश्वकप लिग-२ का दुवै खेलमा नेपाल विजयी हुँदा अमेरिका सोच्न बाध्य भएको थियो ।
त्यसपछि उसले टिममा व्यापक परिवर्तन गरेको छ । त्यसैले आजको खेलमा फेरिएको अमेरिका विरुद्ध नेपाल ब्याटिङ समस्याबाट मुक्त हुनु जरुरी छ भने बलिङ, फिल्डीङमा संयमित रहेर जित निकाल्दै अङ्क तालिका सुधार्नु अर्को चुनौतीका रुममा रहने छ ।
प्रकाशित मिति : सोमबार, भाद्र २८ २०७८
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्