काठमाडौं – नेपालमा पछिल्लो चाैबीस घण्टामा १ हजार ४८६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । साेही अवधीमा १ हजार २६० जना संक्रमणमुक्त भएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२ हजार ५३२ पीसीआर परीक्षणमा १ हजार १४९ जना र ४ हजार ०७ एन्टिजेन परीक्षणमा ३७ जना गरी १ हजार ४८६ जनामा संक्रमण पुष्टि भएको हो ।
त्यस्तै पछिल्लो चाैबीस घण्टामा कोरोना भाइरस संक्रमण कारण १६ जनाको मृत्यु भएको छ । हाल नेपालमा सक्रिय संक्रमितको संख्या २६ हजार ६३० रहेको छ ।
प्रकाशित मिति : सोमबार, भाद्र २८ २०७८
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्