चौबीस घण्टामा थप १, ३२४ जना डिस्चार्ज, निको हुने दर ९६ प्रतिशतमा झर्‍यो

चौबीस घण्टामा थप १, ३२४ जना डिस्चार्ज, निको हुने दर ९६ प्रतिशतमा झर्‍यो

काठमाडौं – नेपालमा कोरोना संक्रमण मुक्त हुने दर ९६ दशमलवमा झरेको छ । गत चौबीस घण्टामा थप १ हजार ३२४ जना कोरोना निको भइ डिस्चार्ज भएपछि निको हुने दर ९६ प्रतिशतमा झरेको हो । हाल नेपालमा कोरोना संक्रमण मुक्त हुनेको कुल संख्या ७ लाख ५६ हजार ९५४ पुगेको छ ।

त्यस्तै, गत चौबीस घण्टामा थप १ हजार २३९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको ११ हजार ६२९ जनाको पीसीआर परीक्षणमा ९४१ र ३ हजार ६१४ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा २९८ जनामा गरि कुल १ हजार २३९ जनामा कोरोना पुष्टि भएको छ ।

योसँगै नेपालमा कुल संक्रमितको संख्या पीसीआर विधिबाट ७ लाख ८८ हजार ७६९ र एन्टीजेन विधिबाट ८९ हजार ९०७ पुगेको छ । हाल नेपालमा सक्रिय संक्रमितको संख्या २० हजार ७४३ रहेको छ ।

त्यस्तै, पछिल्लो चौबीस घण्टामा थप १३ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै कोरोना संक्रमणका कारण मृत्यु हुनेको कुल संख्या ११ हजार ७२ पुगेको छ ।

प्रकाशित मिति : बिहिबार, असोज ७ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij