JanataToday.com

Advertisment

SKIP THIS

चौबीस घण्टामा थप १, ३२४ जना डिस्चार्ज, निको हुने दर ९६ प्रतिशतमा झर्‍यो

चौबीस घण्टामा थप १, ३२४ जना डिस्चार्ज, निको हुने दर ९६ प्रतिशतमा झर्‍यो

काठमाडौं – नेपालमा कोरोना संक्रमण मुक्त हुने दर ९६ दशमलवमा झरेको छ । गत चौबीस घण्टामा थप १ हजार ३२४ जना कोरोना निको भइ डिस्चार्ज भएपछि निको हुने दर ९६ प्रतिशतमा झरेको हो । हाल नेपालमा कोरोना संक्रमण मुक्त हुनेको कुल संख्या ७ लाख ५६ हजार ९५४ पुगेको छ ।

त्यस्तै, गत चौबीस घण्टामा थप १ हजार २३९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको ११ हजार ६२९ जनाको पीसीआर परीक्षणमा ९४१ र ३ हजार ६१४ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा २९८ जनामा गरि कुल १ हजार २३९ जनामा कोरोना पुष्टि भएको छ ।

योसँगै नेपालमा कुल संक्रमितको संख्या पीसीआर विधिबाट ७ लाख ८८ हजार ७६९ र एन्टीजेन विधिबाट ८९ हजार ९०७ पुगेको छ । हाल नेपालमा सक्रिय संक्रमितको संख्या २० हजार ७४३ रहेको छ ।

त्यस्तै, पछिल्लो चौबीस घण्टामा थप १३ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै कोरोना संक्रमणका कारण मृत्यु हुनेको कुल संख्या ११ हजार ७२ पुगेको छ ।

प्रकाशित मिति : बिहिबार, असोज ७ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij