तिलोत्तमा
गृहमन्त्री बालकृष्ण खाँणको गृहनगर तिलोत्तमामा देउवा पक्षका हरिलाल पाण्डे सहित प्यानल विजयी भएका छन । पौडेल पक्षका नारायण न्यौपानेलाइ झिनो २ मतले पछाडी पार्दै पाण्डे निर्वाचित हुनुभएको हो । पाण्डेले १७४ मत ल्याइ सभापतीमा निर्वाचित हुनु भएको हो । उहाँका प्रतिश्पर्धी न्यौपानेले १७२ मत ल्याउनु भयो । सभापतीका अर्का उम्मेदवार हरि तिवारीले ३० मत ल्याउनु भएको थियो ।
पाण्डेको प्यानलबाट उपसभापतीमा कल्याण पौडेलले २३८ मत र माया चौधरीले २०७ मत ल्याइ विजयी हुनु भयो । सचिवमा प्रदिप थापाले २०८ र हुमप्रसाद पौडेलले १७८ मत ल्याइ विजयी हुनुभयो । सहसचिवमा रमेश पराजुली २४० र दिपक थापा २३८ मत ल्याइ विजयी हुनु भएको हो ।
प्रतिक्रिया दिनुहोस्