काठमाडौं – नेपालमा पछिल्लो चौबीस घण्टामा १ हजार १५८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । सोही अवधीमा १ हजार ३१८ जना कोरोना संक्रमित निको भई डिस्चार्ज भएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको ११ हजार ६७२ जनाको पीसीआर परीक्षणबाट ९०४ र २ हजार ३३१ जनामा गरिएको एन्टिजेन परीक्षणमा २५४ जना गरी जम्मा १ हजार १५८ जनामा संक्रमण पुष्टि भएको हो ।
त्यस्तै चौबीस घण्टामा १२ जनाको कोरोनाका कारण मृत्यु भएको छ । नेपालमा हाल मृत्यु हुनेको संख्या ११ हजार ११५ पुगेको छ । नेपालमा हाल सक्रिय संक्रमितको संख्या १८ हजार ४२२ रहेको छ ।
हालसम्म नेपालमा कुल डिस्चार्ज हुनेको संख्या ७ लाख ६३ हजार ७३४ जना पुगेका छन् । हाल नेपालमा क्वारिन्टिनमा ३२८ र आइसोलेसनमा १८ हजार ४२२ जना रहेका छन् । नेपालमा हालसम्म ७ लाख ९३ हजार २७१ जनामा संक्रमण पुष्टि भएको छ ।
प्रकाशित मिति : मंगलबार, असोज १२ २०७८
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्