बुटवल
रुपन्देहीको तिलोत्तमामाभूतपुर्व सैनिक,सुरक्षाकमी र ५५ वर्ष माथिउम्मेरकाहरु बीच ब्याडमिन्टन प्रतियोगिताहुने भएको छ । फिट एण्ड फाइन्ड स्पोर्टर्सको आयोजनामाशुक्रवारदेखि तिलोत्तमा–३ माअवस्थित स्पोर्टर्सको कभर्ड हलमाप्रतियोगिताहुने भएको हो ।
दुई दिनसम्म सञ्चालनहुने प्रतियोगितामाभूतपुर्व सैनिक,सुरक्षाकमीर मेन्स डबल सुपर भेट्रान्स (५५ वर्ष माथिका) गरि दुई समुहका खेल हुने आयोजक संस्थाले जनाएको छ । प्रतियोगिताबारे जानकारी गराउनविहिबार आयोजितपत्रकार सम्मेलनमाबोल्दै स्पोर्टर्सकाअध्यक्ष केश बहादुर गुरुङले भूपुहरुको सम्मानकालागिप्रतियोगिताआयोजनागरिएको बताउनु भयो । प्रतियोगितामा सुपर भेट्रान्स तर्फ विजेताले २० हजार, उपविजेताले १० हजार तथा तेस्रो र चौथो हुनेले ५ हजार नगद पुरस्कार प्राप्तगर्ने भएको छ । यसैगरी भूतपुर्व सैनिक,सुरक्षाकमीतर्फको विजेताले ३० हजार, उपविजेताले २० र तेस्रो हुनेले १० हजार नगद पुरस्कार प्राप्तगर्ने आयोजकले जानकारी दियो । तीनलाख बढी खर्च अनुमानगरिएको प्रतियोगिता सम्पन्नगर्नकालागिविभिन्नप्रायोजक संस्था, प्रतियोगिहरुबाट उठ्ने प्रवेश शुल्कतथाअन्य रकम संस्थाका सदस्यहरुले नै उठाएर व्यवस्थागरिएको संस्थाकाकोषाध्यक्षम्यानेजिङ डाइरेक्टर स्यामबहादुर मल्लले जानकारी दिनु भयो ।
प्रतियोगितामाअफिसियलतर्फ मुख्यएम्पाएरका रुपमाप्रमोद सिं पहाडी र अन्यएम्पाएरहरुमाबसन्तथापा र पदम राना रहेका छन् । काठमाण्डौ, पोखरा, गुल्मी, पाल्पा, स्याङ्जा, धादिङ, कपिलबस्तु लगायतका जिल्लाहरुबाट सहभागीहुने प्रतियोगितामा सुपर भेट्रान्स तर्फ १५ समूहतथाभूतपुर्व सैनिक,सुरक्षाकमीतर्फ ४४ समुह सहभागीहुने भएका छन् ।
प्रकाशित मिति : बिहिबार, असोज १४ २०७८
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्