मलेरियाविरुद्धको भ्याक्सिनलाई डब्ल्यूएचओको स्वीकृति

मलेरियाविरुद्धको भ्याक्सिनलाई डब्ल्यूएचओको स्वीकृति

काठमाडौं – विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले बालबालिका लक्षित संसारकै पहिलो मलेरियाविरुद्धको खोप (भ्याक्सिन) लाई पूर्ण मान्यता प्रदान गर्दै यसलाई व्यापक स्तरमा प्रयोग गर्न सिफारिस गरेको छ ।

लामखुट्टेबाट सर्ने रोग मलेरियाबाट संसारमा प्रत्येक वर्ष चार लाख मानिसको मृत्यु हुन्छ । विश्व स्वास्थ्य संगठनका प्रमुख टेड्रोस अधोनाम गेब्रेयेसुसले एक घोषणामा भनेका छन्, ‘आज विश्व स्वास्थ्य संगठन बालबालिकाहरुका लागि मलेरियाको पहिलो भ्याक्सिनको सिफारिस गर्दछ ।’

विश्व स्वास्थ्य संगठन अहिले सन् २०२५ सम्ममा संसारबाट मलेरिया उन्मूलन गर्ने लक्ष्यमा काम गरिरहेको छ । यस क्रममा २५ देशमा ठूला अभियानहरु सञ्चालन गरिएको छ । टेड्रोस भन्छन्, ‘यो एउटा ऐतिहासिक क्षण हो । बालबालिकाहरुका लागि मलेरियाको खोपको आवश्यकता लामो समयदेखि महसुस गरिँदै आएको थियो । विज्ञानका लागि पनि यो एउटा ठूलो उपलब्धि हो ।

भ्याक्सिन मलेरियाबाट जोगिने सबैभन्दा उपयोगी उपाय हो । यसका माध्यमबाट प्रत्येक वर्ष हजारौं बालबालिकाको जिन्दगी जोगाउन सकिनेछ ।

अफ्रिकामा बढी मृत्यु
त्यसो त मलेरियाले संसारभरका मानिस विशेषत: बालबालिकालाई प्रभावित गर्दै आएको छ । यद्यपि अफ्रिकी देशहरुमा यसको प्रकोप बढी छ । डब्ल्यूएचओको तथ्यांकअनुसार अफ्रिकी मुलुकहरुमा हरेक वर्ष करिब दुई लाख २५ हजार बालबालिका मलेरियाकै कारणले मृत्युवरण गर्न पुग्छन् ।

विश्व स्वास्थ्य संगठनको अफ्रिका महादेशका रिजनल डाइरेक्टर डा. म्याट्सिडिसो मोइती भन्छन्, ‘केही दशकयता मलेरिया अफ्रिकामा केन्द्रित भएको छ । यहाँ मलेरियाकै कारण मानिसहरुले ठूलो संख्यामा व्यक्तिगत नोक्सानी बेहोर्नु परेको छ ।

RTS,S/AS01 मलेरिया भ्याक्सिन
विश्व स्वास्थ्य संगठनले मान्यता दिएको मलेरियाविरुद्धको भ्याक्सिनको वैज्ञानिक नाम RTS,S/AS01 हो । यो भ्याक्सिन पाँच महिनाभन्दा माथिका बालबालिकालाई दिइनेछ । अफ्रिकाका तीनवटा देशमा यो भ्याक्सिनको २३ लाख डोज प्रयोगात्मक रुपमा लगाइसकिएको छ । जसमा यसलाई पूर्ण सुरक्षित र प्रभावकारी पाइएको थियो ।

प्रकाशित मिति : बिहिबार, असोज २१ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij