नेपालमा सक्रिय संक्रमित संख्या १३ हजारमा झर्‍यो

नेपालमा सक्रिय संक्रमित संख्या १३ हजारमा झर्‍यो

काठमाडौं – नेपालमा सक्रिय संक्रमित संख्या १३ हजारमा झरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हाल नेपालमा कोरोना भाइरस संक्रमणबाट सक्रिय संक्रमित संख्या १३ हजार ३०८ मा झरेको हो ।

गत चौबीस घण्टमा देशभरका अस्पतालहरुबाट थप ७७७ जना कोरोना संक्रमित निको भएर डिस्चार्ज भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण मुक्त हुनेहरुको कुल संख्या ७ लाख ७९ हजार ९३१ पुगेको छ । नेपालमा संक्रमण निको हुने दर ९६ दशमलव ९ प्रतिशत रहेको छ ।

त्यस्तै नेपालमा गत चौबीस घण्टामा थप २७२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर गरिएको २ हजार ९२ पीसीआर परीक्षणका क्रममा २४० जना र २ हजार ६२० एन्टीजेन परीक्षणका क्रममा ३२ जना गरि कुल २७२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

त्यस्तै, गत चौबीस घण्टामा थप ८ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको कुल संख्या ११ हजार २७७ पुगेको छ ।

प्रकाशित मिति : शुक्रबार, असोज २९ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij