तिलोत्तमा–२ स्थित शंकरनगरमा आँखा उपचार केन्द्रको स्थापना

तिलोत्तमा–२ स्थित शंकरनगरमा आँखा उपचार केन्द्रको स्थापना

तिलोत्तमा

नेपाल नेत्र ज्योति संघ, लुम्बिनी नेत्र विज्ञान अध्ययन संस्थान तथा रिसर्च सेन्टर, श्री रण अम्बिका शाह आँखा अस्पतालको व्यवस्थापन र तिलोत्तमा नगरपालिकाको सहयोगमा तिलोत्तमा–२ स्थित शंकरनगरमा आँखा उपचार केन्द्रको स्थापना गरिएको छ । शुक्रबार एक कार्यक्रमकाबीच तिलोत्तमा नगरपालिकाका प्रमुख बासुदेव घिमिरेले उद्घाटन गरेका छन् । कार्यक्रममा बोल्दै नगरप्रमुख घिमिरेले आँखा उपचार केन्द्र स्थापनाले यस क्षेत्रका आँखासम्बन्धि रोगका बिरामी लाभान्वित हुने विश्वास व्यक्त गरे । उनले नेपाल नेत्र ज्योति संघ, श्री रण अम्बिका शाह आँखा अस्पताललाई धन्यवाद दिए । नगरप्रमुख घिमिरेले तिलोत्तमामा स्थापना गरिएको आँखा उपचार केन्द्रलाई जिल्लाकै नमूना आँखा उपचार केन्द्र बनाउनका लागि नगरपालिकाले सदैव सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।अस्पताल व्यवस्थापन समितिका अध्यक्ष सागर प्रताप राणाले अस्पतालको कार्ययोजना अनुसार तिलोत्तमा नगरपालिकामा आँखा उपचार केन्द्र स्थापना गरिएको बताए । उनले अन्धोपन निवारणमा अस्पताल लागिपरेको बताए ।

नेपाल नेत्र ज्योति संघ रुपन्देही शाखाका अध्यक्ष कमलराज जोशीले तिलोत्तमामा रहेका आँखा रोगसम्बन्धि विरामीलाई स्वास्थ्य उपचारमा सहयोग पुग्ने बताए । कार्यक्रममा तिलोत्तमा नगरपालिका वडा नम्बर २ का अध्यक्ष दधिराम गौतम, प्रमुख प्रशासकीय अधिकृत प्रदिप पौडेलले आँखा उपचार केन्द्र स्थापना हुनु महत्वपूर्ण कार्य भएको बताए ।कार्यक्रममा आँखा रोगसम्बन्धि जानकारी र यसबाट बच्ने उपाय बारे अस्पतालका चिफ मेडिकल डाइरेक्टर प्रा।डा। ज्ञानेन्द्र लामिछानेले प्रकाश पारेका थिए ।नेपाल नेत्र ज्योति संघ रुपन्देही शाखाका अध्यक्ष कमलराज जोशीको अध्यक्षता, तिलोत्तमा नगरपालिकाका प्रमुख बासुदेव घिमिरेको प्रमुख आतिथ्यता तथा नेत्र ज्योति संघ रुपन्देहीका सचिव गणेश बहादुर क्षेत्रीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।आँखा उपचार केन्द्र स्थापनाको अवसरमा एकदिने निःशुल्क आँखा शिविर सम्पन्न भएको छ । शिविरमा नेत्र अधिकृत संजिव अधिकारी र सुसन नकर्मीको टोलीले बिरामीको आँखा परीक्षण गरेका थिए । शिविरमा २५० जना आँखा रोगीको परीक्षण गरिएको थियो ।

प्रकाशित मिति : शुक्रबार, कार्तिक ५ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij