काठमाडौँ – नेकपा एकीकृत समाजवादीका नेता राजेन्द्र पाण्डे बागमती प्रदेशको मुख्यमन्त्री बन्दै छन् । एमालेबाट मुख्यमन्त्री बनेकी अष्टलक्ष्मी शाक्य अल्पमतमा परेर राजीनामा दिएपछि पाण्डे मुख्यमन्त्री बन्न लागेका हुन् ।
पाण्डेले बुधबार नै प्रदेश प्रमुखको कार्यालय पुगेर मुख्यमन्त्रीमा दाबी पेस गरेका छन् । बागमती प्रदेशमा सरकार बनाउन ५५ सांसद आवश्यक पर्छ । प्रस्तावित मुख्यमन्त्री पाण्डेलाई ५९ सांसदको समर्थन प्राप्त भएको छ । उनले आजै सानो आकारको मन्त्रिपरिषद् गठन गर्दै छन् ।
मुख्यमन्त्री पाण्डेसँगै गठबन्धनले प्रत्येक दलबाट एक एक जनाले मन्त्रीमा शपथ लिने तयारी छ । पहिलो चरणमा आर्थिक मामिला तथा योजना, भौतिक पूर्वाधार विकास र सामाजिक विकास मन्त्रालयको जिम्मेवारी बाँडफाँड गरेर मन्त्रिमण्डल बनाउने तयारी गरिएको छ । माओवादी केन्द्र उपनेता कुमारी मोक्तान, काँग्रेस उपनेता कृष्णलाल भँडेल र एकीकृत समाजवादीका उपनेता कृष्ण खनाल मन्त्री बन्ने निश्चित भएको हो ।
मोक्तान आर्थिक मामिला, भँडेल भौतिक पूर्वाधार र खनाललाई सामाजिक विकास मन्त्रीको जिम्मेवारी दिने तयारी छ । तत्काल तीन मन्त्रीसहित मुख्यमन्त्री पाण्डे सरकारमा जाने र तिहारपछि मन्त्रिपरिषद्लाई पूर्णता दिने गठबन्धनले जनाएको छ ।
प्रकाशित मिति : बिहिबार, कार्तिक ११ २०७८
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्