चौबीस घण्टामा थपिए ४१२ संक्रमित, २०२ जना डिस्चार्ज

चौबीस घण्टामा थपिए ४१२ संक्रमित, २०२ जना डिस्चार्ज

काठमाडौं – नेपालमा गत चौबीस घण्टामा थप ४१२ जनामा कोरोना भाइरस संक्रमण संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको १० हजार १०६ जनाको पीसीआर परीक्षणमा ३६३ र १ हजार ८८७ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ४९ जना गरि कुल ४१२ जनामा कोरोना पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट ८ लाख १८ हजार ३५ र एन्टीजेन विधिबाट ९५ हजार २२३ पुगेको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या ७ हजार ६३६ रहेको छ ।

त्यस्तै सोही अवधिमा मुलुकका विभिन्न अस्पतालहरुबाट थप २०२ जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले जानकारी दिएको छ । योसँगै नेपालमा कोरोना संक्रमण मुक्त भइ ७ लाख ९८ हजार ९१६ जना डिस्चार्ज भएका छन् । नेपालमा निको हुने दर ९७ दशमलब ७ प्रतिशत रहेको मन्त्रालयले जानकारी दिएको छ ।

त्यस्तै, गत चौबीस घण्टामा कोरोना संक्रमणका कारण थप १ जना कोरोना संक्रमितको मृत्यु भएको छ। कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ११ हजार ४८३ पुगेको छ । गत चौबीस घण्टामा देशभर १ लाख १ हजार ७६१ जनाले कोरोना भाइरस विरुद्धको खोप लगाएका छन् ।

प्रकाशित मिति : बुधबार, मंसिर १ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij