सौर्यलाई उद्योगी व्यवसायीको सुझाव ः भैरहवा–नेपालगञ्जलाई पनि हवाई यातायातमा जोड्नुहोस्

सौर्यलाई उद्योगी व्यवसायीको सुझाव ः भैरहवा–नेपालगञ्जलाई पनि हवाई यातायातमा जोड्नुहोस्

बुटवल -उद्योग वाणिज्य संघ रुपन्देहीको वार्षिक साधारण सभा यहि मंसिरको २० गते हुने भएको छ । सौर्य एयरलाईन्सलाई यस क्षेत्रका उद्योगी व्यबसायीले भैरहवा–नेपालगञ्जलाई पनि हवाई यातायातमा जोड्न सुझाव दिएका छन् । व्यवसायिक प्रवद्र्धनको लागि रुपन्देही आएको सौर्य एयरलाईन्सको टोलीलाई बुटवल उद्योग बाणिज्य संघमा स्वागत गर्दै उद्योगी व्यबसायीले भैरहवा–विराटनगर जस्तै भैरहवा–नेपालगञ्जलाई पनि हवाई यातायातमा जोड्न सुझाव दिएका हुन् ।
सौर्यले हालैमात्रै भैरहवा–बिराटनगर सिधा उठान सुरु गरेको छ । व्यबसायिक प्रवद्र्धनको लागि रुपन्देही आएको सौर्यको टिमलाई बिहिबार बुटवल उद्योग बाणिज्य संघले संघमा स्वागत गरेको थियो । उक्त टिमलाई स्वागत गर्दै अध्यक्ष उज्ज्वलप्रसाद कसजूले संघको स्थापना भएदेखि नै यस क्षेत्रको आर्थिक तथा सामाजिक बिकासमा उल्लेखनीय योगदान गरेको स्मरण गर्नुभयो । उहाँले संघले यस क्षेत्रको शिक्षा तथा स्वास्थ्य र सुरक्षाको क्षेत्रमा गरेको कार्यहरुको चर्चा गर्दै लुम्बिनी प्रदेशमा बुद्धजन्मस्थल लुम्बिनी मात्रै नभएर प्रदेशका १२ वटै जिल्लामा लुम्बिनीसंग सम्बन्धित र अन्य ऐतिहासिक तथा पर्यटकीय क्षेत्र रहेको जानकारी गराउनु भयो ।
अध्यक्ष कसजूले भैरहवा–विराटनगर जस्तै भैरहवा–नेपालगञ्ज उडानमा पनि उत्तिकै सम्भावना देखिएको बताउँदै त्यसको प्रवन्ध मिलाउन आग्रह गर्नुभयो । त्यस अवसरमा सौर्य एयरलाईन्सका उपमहाप्रवन्धक उमेश आचार्यले लुम्बिनी नेपालकै पर्यटकीय केन्द्र भएको र पूर्वबाट लुम्बिनीमा ल्याउन र लुम्बिनीबाट पूर्वको पर्यटकीय गन्तव्यको यात्रालाई सहज बनाउन भैरहवा–विराटनगर उडान थालनी गरिएको बताउँदै यसको निरन्तरताको लागि सहयोग गर्न उद्योगी व्यवसायीलाई आग्रह गर्नुभयो । सौर्यको बिमान जेट बिमान भएकोले यसको यात्रा धेरै कम्फटेवल र चाडो उड्ने समेत उहाँले जानकारी गराउनु भयो ।
बुटवल उद्योग बाणिज्य संघका निवर्तमान अध्यक्ष खिमबहादुर हमाल, सल्लाहकार तथा पूर्व अध्यक्ष जीवनप्रसाद वझा, संघका पर्यटन समिति संयोजक दिनेश श्रेष्ठ, पर्यटन व्यवसायी अनिल श्रेष्ठ लगायतले भैरहवा–नेपालगञ्जको पनि उडान प्रवन्ध मिलाउन सुझाव दिनुभएको थियो ।

 

प्रकाशित मिति : बिहिबार, मंसिर २ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij