रोदन

रोदन

जवाफ नभेटाए पछि मान्छे रुन्छ !
जस्तो कि,
एउटै प्रश्नले जीवनभर सताइरहनेछ अब मलाई,
-तिमी मेरो को थियौ ?!
बाटो नभेटाए पछि पनि मान्छे रुन्छ,
जस्तो कि,
-तिमी कुन बाटोमा भेटियौ
अनि
-कुन बाटोमा हरायौ ?!
सम्भावना नभेटाए पनि मान्छे रुन्छ !
जस्तो कि,
-के तिमीले अब फेरि मेरा शब्दहरु पढौली ?!
यतिबेला म रुँदै रुँदै यो सब लेखिरहेछु,
-लेख्ने कुरा नभेटाए पछि पनि मान्छे रुन्छ !
अब म नरुनलाई तिमी भेटिएर मात्र हुँनेछैन,
तिमीले भाँचिदिएको कलम पनि भेटिनुपर्नेछ !!

प्रकाशित मिति : शनिबार, मंसिर ४ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij