लुम्बिनी सांस्कृतिक नगरपालिका मा आँखा शिविर सम्पन्न

लुम्बिनी सांस्कृतिक नगरपालिका मा आँखा शिविर सम्पन्न

 

बुटवल-रुपन्देहीको मधुवानीमा एक दिने निःशुल्क आँखा शिविर कार्यक्रम सम्पन्न भएको छ ।
बुटवल लायन्स आ“खा अस्पताल, बुटवल एवम् सामुदायिक सिकाई केन्द्र मधुवानी संगको संयुक्त आयोजना तथा Dak Foundation, Partners for Equity को आर्थिक सहयोगमा लुम्बिनी सांस्कृतिक नगरपालिका, वडा नम्बर १०, मधुवानी मा एक दिने निःशुल्क आ“खा शिविर कार्यक्रम सामुदायिक सिकाई केन्द्र मधुवानीका अध्यक्ष सुग्रीव यादव ज्यूको अध्यक्षतामा सम्पन्न भएको हो । उक्त कार्यक्रममा २६० जना आँखाका विरामीहरुको आँखा परिक्षण गरिएको थियो ।
जसमा ३५ जना विरामीहरुमा मोतिविन्दु फेला परेको थियो भने अन्यमा सामान्य आँखा सम्बन्धि समस्या देखा परेको थियो । शिविरमा मोतिविन्दु फेला परेका ३५ जना विरामीहरुलाई थप उपचारका साथै निःशुल्क मोतिविन्दु शल्यक्रिया सेवाको लागि बुटवल लायन्स आँखा अस्पताल ल्याई शल्यक्रिया गरिने जानकारी अस्पतालका प्राविधिक मनोहर न्यौपानेले जानकारी गराउनुभयो ।

प्रकाशित मिति : बिहिबार, मंसिर १६ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij