चौबीस घण्टामा थप २४६ जनामा संक्रमण पुष्टि, ३४७ डिस्चार्ज

चौबीस घण्टामा थप २४६ जनामा संक्रमण पुष्टि, ३४७ डिस्चार्ज

काठमाडौं । नेपालमा गत चौबीस घण्टामा थप २४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका ६ हजार ४ सय जनाको पीसीआर परीक्षण गर्दा थप २२३ जना र १ हजार ४३६ जनाको एन्टीजेन परीक्षण गर्दा २३ जना गरि कुल २४६ जनामा संक्रमण पुष्टि भएको हो । नेपालमा हाल सक्रिय संक्रमितको कुल संख्या ६ हजार ९२१ रहेको छ ।

त्यस्तै, नेपालमा पछिल्लो चौबीस घण्टामा थप ३४७ जना कोरोना संक्रमण मुक्त भइ डिस्चार्ज भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण मुक्त भइ डिस्चार्ज हुनेको कुल संख्या ८ लाख ३ हजार ७१६ पुगेको छ । नेपालमा संक्रमण निको हुने दर ९७ दशमलव ७ प्रतिशत छ । त्यस्तै, चौबीस घण्टामा कोरोनाका कारण कसैको पनि मृत्यु भएको छैन् ।

त्यस्तै, चौबीस घण्टामा देशभर १ लाख ७५ हजार ५६७ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् ।

प्रकाशित मिति : शुक्रबार, मंसिर १७ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij