सुध्रिँदै काेराेना ग्राफ : २८० संक्रमित थपिँदा ३६६ जना निको

सुध्रिँदै काेराेना ग्राफ : २८० संक्रमित थपिँदा ३६६ जना निको

काठमाडौं – नेपालमा बुधबार २ सय ८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको ९ हजार १ सय ६८ पीसीआर परीक्षणका क्रममा २ सय ५५ जना र ३ हजार ६ एन्टीजेन परीक्षणका क्रममा २५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ९ लाख १९ हजार ४४ पुगेको छ । त्यस्तै कोरोनाका कारण थप २ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा ११ हजार ५ सय ४५ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।

थप ३ सय ६६ संक्रमित निको हुँदा हालसम्म नेपालमा ८ लाख ५ हजार ५ सय ७१ संक्रमित निकोे भएका छन् । हाल नेपालमा ६ हजार २ सय ३९ सक्रिय संक्रमित आइशोलेशन र ९६ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : बुधबार, मंसिर २२ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij