चौबीस घण्टामा थप २५९ जनामा संक्रमण पुष्टि, ३३७ डिस्चार्ज

चौबीस घण्टामा थप २५९ जनामा संक्रमण पुष्टि, ३३७ डिस्चार्ज

काठमाडौं – नेपालमा पछिल्लो चौबीस घण्टामा थप २५९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका अस्पतालहरुबाट ६ हजार ४७२ जनाको पीसीआर परीक्षण गर्दा २३२ र ४ हजार १५ जनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा २७ जना गरि कुल २५९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । हाल नेपालमा कोरोना सक्रिय संक्रमितको संख्या ५ हजार ९९७ रहेको छ ।

त्यस्तै, नेपालमा गत चौबीस घण्टामा थप ३३७ जना संक्रमण मुक्त भइ डिस्चार्ज भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण मुक्त हुनेको कुल संख्या ८ लाख ६ हजार २३७ पुगेको छ । नेपालमा कोरोना निको हुने दर ९७ दशमलव ९ प्रतिशत पुगेको छ ।

त्यस्तै, गत चौबीस घण्टामा थप ३ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको कुल संख्या ११ हजार ५५२ पुगेको छ । त्यस्तै, गत चौबीस घण्टामा देशभर ३ लाख २९ हजार ३२१ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् ।

प्रकाशित मिति : शुक्रबार, मंसिर २४ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij