काेराेना खोप अभियान प्रभावित हुन नदिन भारतबाट ५० लाख सिरिन्ज नेपाल ल्याइँदै

काेराेना खोप अभियान प्रभावित हुन नदिन भारतबाट ५० लाख सिरिन्ज नेपाल ल्याइँदै

काठमाण्डाै – कोरोना विरुद्धको खोप अभियानलाई प्रभावित हुन नदिन सिरिन्जको आपूर्ति थालिएको सरकारले जनाएको छ ।

केही जिल्लामा अहिले सिरिन्ज अभाव भएको खबर आउन थालेको छ  । तर, अभाव भएका ठाउँमा पठाउन केन्द्रसँग नै सिरिन्ज छैन । सिरिन्जको अभावका कारण खोप अभियान प्रभावित नहोस् भन्नका लागि भारतबाट ५० लाख सिरिन्ज ल्याउने तयारी भइसकेको स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखाका वरिष्ठ फार्मेसी अधिकृत बढेबाबु थापाले जानकारी दिनुभयो । उहाँकाअनुसार केन्द्रीय भण्डार अहिले रित्तो छ । तर, आउँदो शनिबार भारतबाट ५० लाख सिरिन्ज आउने निश्चित भएकाले समस्या नहुने उहाँको भनाई छ ।

सिरिन्ज आउनासाथ अभाव भएका ठाउँमा पठाइने पनि उहाँले बताउनुभयो । कोरोना विरुद्धको ओमिक्रोन भेरियन्ट देखिएसँगै सरकारले खोप अभियानलाई तीब्रता दिएको छ । यसकै कारण पनि सिरिन्जको माग धेरै छ । अहिले देशभर एक करोड २२ लाख ४० हजार डोज खोप मौज्दात छ । तर, खोप अभियानले सोचे जति गति लिन नसकेको जनस्वास्थ्यविद्हरुले बताएका छन् । यसैबीच, विज्ञले अहिले १२ देखि १७ वर्षसम्मका बालबालिकालाई वितरण भइरहेको खोप सुरक्षित भएकाले ढुक्क भएर लगाउन सुझाव दिएका छन् ।

नेपालले धेरै प्रयास पछि यो खोप ल्याएकाले खोप लगाउने यो अवसरको सदुपयोग गर्न वरिष्ठ बालरोग विशेषज्ञ आरपी बिच्छाको सुझाव छ । केही अभिभावकले खोप लगाए पछि स्वास्थ्य समस्या देखिन्छ की भनेर बालबालिकालाई खोप लगाउन डराइरहेका छन् । विज्ञले भने खोप लगाएको ठाउँमा केही दुखाई भए पनि कुनै समस्या नहुने हुँदा ढुक्क हुन आग्रह गरिरहेका छन् ।

प्रकाशित मिति : बुधबार, पुष ७ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij