चौबीस घण्टामा थप २३६ जनामा कोरोना संक्रमण पुष्टि, २७२ डिस्चार्ज

चौबीस घण्टामा थप २३६ जनामा कोरोना संक्रमण पुष्टि, २७२ डिस्चार्ज

काठमाडौं । नेपालमा गत चौबीस घण्टामा थप २३६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको ७ हजार २६६ जनाको पीसीआर परीक्षणमा २१७ र ४ हजार ४३ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा १९ जना गरि कुल २३६ जनामा कोरोना पुष्टि भएको हो । नेपालमा हाल सक्रिय संक्रमितको संख्या ५ हजार १८५ जना रहेका छन् ।

त्यस्तै, चौबीस घण्टामा मुलुकका विभिन्न अस्पतालबाट थप २७२ जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले जानकारी दिएको छ । योसँगै नेपालमा कोरोना संक्रमण पुष्टि हुनेको कुल संख्या ८ लाख ९ हजार ६५९ पुगेको छ । नेपालमा निको हुने दर ९८ प्रतिशत रहेको मन्त्रालयले जानकारी दिएको छ ।

त्यस्तै, गत चौबीस घण्टामा थप २ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुनेको कुल संख्या ११ हजार ३०९ पुगेको छ ।

प्रकाशित मिति : बुधबार, पुष ७ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij