काठमाडौं – नेपालमा कोरोना सक्रिय संक्रमितको संख्या ५ हजारमा झरेको छ । स्वास्थ्य तथा तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा हाल कोरोना सक्रिय संक्रमितको कुल संख्या ५ हजार ४८ रहेको छ ।
त्यस्तै, नेपालमा गत चौबीस घण्टामा थप २६० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको ८ हजार ६० जनाको पीसीआर परीक्षणमा २३७ र ३ हजार ८३८ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षण २३ जना गरि कुल २६० जनामा कोरोना पुष्टि भएको हो ।
त्यस्तै, चौबीस घण्टामा थप १ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको कुल संख्या ११ हजार ५८२ पुगेको छ ।
त्यस्तै, नेपालमा गत चौबीस घण्टामा मुलुकका विभिन्न अस्पतालबाट ३४९ जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले जानकारी दिएको छ। योसँगै नेपालमा कोरोना संक्रमणमुक्त भइ डिस्चार्ज हुनेको कुल संख्या ८ लाख १० हजार २७१ पुगेको छ । नेपालमा निको हुने दर ९८ प्रतिशत रहेको मन्त्रालयले जानकारी दिएको छ ।
प्रकाशित मिति : शुक्रबार, पुष ९ २०७८
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्