यो हप्ताभरि नै मौसम बद्ली हुने : वर्षा र हिमपातको सम्भावना

यो हप्ताभरि नै मौसम बद्ली हुने : वर्षा र हिमपातको सम्भावना

काठमाण्डाै – पहाडी क्षेत्रका केही ठाउँमा हल्का पानी पर्ने मौसमविद्ले बताएका छन् । यस्तै, हिमाली र उच्च पहाडी क्षेत्रमा हिमपातको सम्भावना छ । मौसमविद् सजिना शाक्यकाअनुसार आज देशका धेरै ठाउँको मौसम आंशिकदेखि सामान्य बद्ली हुनेछ ।

आज राति पश्चिमी क्षेत्रमा पानी पर्ने उहाँले बताउनुभयो । सुदूरपश्चिम र कर्णाली प्रदेशका केही ठाउँमा राति पानी पर्ने उहाँले बताउनुभयो । यस्तै, भोलि पनि देशभरको मौसम यस्तै रहने छ । आज काठमाण्डौमा फाट्टफुट्ट मात्रै पानी पर्ने सम्भावना रहेको मौसमविद् सजिना शाक्यले जानकारी दिनुभयो।

मौसम बद्ली भइ हिमपात र वर्षाको सम्भावना रहेकाले यो हप्तामा चिसो अझ बढ्ने छ । पश्चिमी वायुको प्रभावका कारण यो हप्ताभरिकै मौसम आंशिकदेखि पूर्ण बद्ली हुने सम्भावना छ । यसैबीच, अहिले काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा हुस्सु, कुहिरो लागेको छ।

काठमाण्डौमा केहीबेर कुहिरो हटे पनि फेरि मौसम बद्ली हुने सम्भावना रहेकाले चिसो बढ्ने मौसमविद्ले बताएका छन् । गएराति बादल लागेकाले आज काठमाण्डौको न्यूनतम तापक्रम भने बढेको छ । बिहानको काठमाण्डौको न्यूनतम तापक्रम ४ दशमलव ६ डिग्री सेल्सियस रहेको मौसमविद् शाक्यले बताउनुभयो।

प्रकाशित मिति : आइतबार, पुष ११ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij