तिनाउ- दानव करीडाेर पिडीत जनताहरुकाे व्यबस्थापन र उचित क्षतिपूर्तीकाे माग गर्दै जनपर्दर्शन

तिनाउ- दानव करीडाेर पिडीत जनताहरुकाे व्यबस्थापन र उचित क्षतिपूर्तीकाे माग गर्दै जनपर्दर्शन

बुटवल -तिनाउ तथा दानव करीडाेरबाट पिडीत जनताहरुकाे व्यबस्थापन तथा उचित क्षेतिपूर्तीकाे माग राख्दै आज तीनउ दानव कोरिडोर संघर्ष समिती ले संघर्षको चरणवद्द कार्यक्रम अन्तर्गत आज र्याली सहित जनपर्दर्शन गरेको छ । शान्तिपूर्ण प्रदशनको क्रममा उनीहरुले बुटवल पुरानाेबसपार्क देखि तिनाउ दानव करीडाेर पिडित मानिसहरु भुमिहिन, सुकुम्बासी र अव्यबस्थित बसाेबासीलाई लालपूर्जा दे ,तिनाउ दानव करीडाेर पिडितकाे व्यबस्थापन गर , करीडाेर पिडीत जनता एक हाै ,भन्ने नाराका साथ प्लेकार्ड र व्यानर सहित नगर परीक्रमा गर्दै बुटवल उपमहानगरपालिकाकाे गेटमा गई काेण सभामा परीणत भयकाे हो ।
कार्यक्रममा स्थानीय जुद्व बहादुर के.सी, हरि घर्तिमगर, जया पाैडेल, बिरेन्द्र बि.क, सुशिला पुलामी घर्तिमगर, राजु शाहि, राष्ट्रिय सुकुम्बासी संघका नि. उपाध्यक्ष यम सुनार लगायत ले बोल्दै जनता लाई बिचल्ली बनाएर करीडाेर आबश्यक नरहेको बताउदै करीडाेर आबश्यक हाे भने करीडाेर पिडितलाई बुटवल उप महानगरपालिका भित्र उचित क्षतिपूर्ति र व्यबस्थापन गर्न माग गरे ।
कार्यक्रम मा बुटवल उपमहानगरपालिका का मेयर तथा उप मेयर संग करीडाेर पिडीत जनताकाे उचित व्यबस्थापनकाे बारेमा छलफल गर्न खाेज्दा सम्पर्कमा नआएको  संघर्ष समिति अध्यक्ष आत्मराम रानाले बताए ।
उक्त काेण सभामा करीब ३ हजार मानिसकाे उपस्थिती रहेकाे थियो ।

प्रकाशित मिति : आइतबार, पुष ११ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij