बुटवल-जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लि. को ११ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
सञ्चालक समितिका अध्यक्ष बाबुराम बिश्वकर्माको अध्यक्षतामा बुटवलमा कोभिड‐१९ संक्रमण जोखिमलाई मध्यनजर गर्दै आवश्यक स्वास्थ्य सुरक्षाका मापदण्डहरु अपनाई साधारण सभा सम्पन्न भएको हो ।
वार्षिक साधारण सभाको औपचारिक उद्घाटन गर्दै संस्थाका परिकल्पनाकार तथा संस्थापक अध्यक्ष डा. मान बहादुर बीके ले साधारण सभा सम्पन्नताको शुभकामना दिदै समाजबाद उन्मुख अर्थतन्त्र निर्माण गर्ने हो भने राज्यले नीतिगत रुपमा राज्यले अंगिकार गरी लघुवित्त प्रर्वधन तर्फ ध्यान दिनु पर्ने बताउनुभयो । लघुवित्तको पहिचान भनेकै जस्तो सुकै महामारी चाहे स्वास्थ्य माहामारी होस, चाहे औद्योगिक महामागरी होस, चाहे प्राकृतिक विपत्ति नै किन नहोस हरेक सुख दुखमा समुह सदस्यहरुलाई उनीहरु कै घर दैलोमा पुगी लाभ पु¥याउनु हो यो कार्यमा जनउत्थान उदाहरणीय रहेको बताउनु भयो ।
उक्त वार्षिक साधारण सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा प्रस्तुत वार्षिक प्रतिवेदन सहित आ.व. २०७७÷०७८ को वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण लगायतका अनुसुचिहरु पारित गर्नुका साथै सञ्चालक समितिकोे प्रस्ताव बमोजिम आ.व. २०७७÷०७८ को मुनाफाबाट २०७८ आषाढ मसान्तमा कायम रहेको चुक्ता पूँजी रु.११ करोड ८३ लाख २४ हजार ८ सय को १.३१५७ प्रतिशतले हुन आउने रकम रु. १५ लाख ५६ हजार ९ सय ६ रुपैया नगद लाभांश कर प्रयोजनका लागि वितरण गर्ने र २५ प्रतिशतले हुने रकम रु.२ करोड ९५ लाख ८१ हजार २ सय बरावरको बोनस शेयर जारी गर्ने प्रस्ताव स्वीकृत गर्ने, संस्थाको अधिकृत पूँजी रु १५ करोड बाट बृद्धि गरी रु ५० करोड पु¥याउने, नेपाल राष्ट्र बैंकबाट स्वीकृत लिई संस्थाको कार्यक्षेत्र १९ जिल्लाबाट विस्तार गरि राष्ट्रिय स्तरमा स्तरोन्नती गर्ने, लेखा परीक्षक नियुक्ति गर्ने, वित्तीय संस्था गाभ्ने÷गाभिने तथा प्राप्ती÷समाहित गर्ने प्रयोजनका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने लगायतका महत्पूर्ण निर्णयहरु सर्वसम्मतिले पारित भएको छ ।
सभाको समापन गर्दै सञ्चालक समितिका अध्यक्ष बाबुराम विश्वकर्माले विश्वव्यापी महामारीको रुपमा फैलिईरहेको कारोना भाईरस का विभिन्न भेरियन्टहरुले विश्व समुदायलाई अझै पनि आक्रान्त बनाई रहेको विद्यमान विषम् परिस्थितीमा समेत वित्तीय संस्थाले प्रवाह गर्ने गुणस्तरीय सेवामा कुनै पनि प्रकारको कमी महशुस नगराई आफ्ना गतिविधिहरु सञ्चालन गरी रहेको र आगामी दिनमा समेत सो विषयमा पूर्ण सचेत रही कार्यहरु गर्ने प्रतिवद्धता व्यक्त गर्नुका साथै सभामा उपस्थित हुने सम्पूर्ण शेयरधनी महानुभावहरुलाई धन्यवाद ज्ञापन गर्नु भएको थियो ।
कार्यक्रममा संस्थाका पूर्व अध्यक्ष तथा संस्थापक यम बहादुर बि.के., पूर्व सञ्चालक तथा संस्थापक माधव प्रसाद नेपाल सर्वसाधारण शेयरधनीको तर्फबाट माधव प्रसाद पाण्डे लगायतले आफ्नो राय सुझाव सहित शुभकामना व्यक्त गर्नु भएको थियो । उक्त कार्यक्रम सञ्चालन संस्थाका प्रमुख कार्यकारी अधिकृत÷कम्पनी सचिव श्रीराम पोख्रेलले गर्नु भएको थियो ।
प्रकाशित मिति : शुक्रबार, पुष ३० २०७८
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्