काठमाण्डाै – परराष्ट्र मन्त्रालयले युक्रेनमा रहेका नेपालीलाई स्वदेश फर्किन र अत्यावश्यक कामबाहेक यो बेला युक्रेनको भ्रमण नगर्न आग्रह गरेको छ ।
मन्त्रालयले आज बुधवार विज्ञप्ति निकालेर अति आवश्यक कामले त्यहीँ बस्नुपरेको अवस्थामा बाहेक उपलब्ध व्यावसायिक हवाई उडान उपयोग गरी स्वदेश फर्किन आग्रह गरेको हो । युक्रेन मामिला हेर्दै आएको जर्मनीको बर्लिनमा रहेको नेपाली दूतावासमा युक्रेनमा रहेका ३८ जना नेपाली नागरिक सम्पर्कमा रहेको र उनीहरू सकुशल रहेको पनि परराष्ट्र मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले युक्रेनमा रहेका नेपालीलाई कुनै समस्या परेमा बर्लिनमा रहेको दूतावासमा सम्पर्क गर्न पनि आग्रह गरेको छ । रुस–युक्रेन तनाव चर्किँदै गएकाले त्यहाँ हिंसात्मक घटना हुन सक्ने भन्दै मन्त्रालयले यस्तो आग्रह गरेको हो ।
प्रकाशित मिति : बुधबार, फाल्गुन ११ २०७८
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्