२४ घण्टामा ३ सय १२ जनामा कोरोना पुष्टि, सक्रिय सङ्क्रमितको सङ्ख्या १० हजारमा झर्‍याे

२४ घण्टामा ३ सय १२ जनामा कोरोना पुष्टि, सक्रिय सङ्क्रमितको सङ्ख्या १० हजारमा झर्‍याे

काठमाण्डाै – पछिल्लो २४ घण्टामा देशभर तीन सय १२ जनामा काेभिड–१९ (कोरोना भाइरस) को सङ्क्रमण पुष्टि भएको छ ।

पीसीआर र एन्टिजेन विधिबाट आठ हजार ६ सय ९३ जनाको नमुना परीक्षण गरिएकोमा तीन सय १२ जनामा सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यो कुल परीक्षणको तीन दशमलव ५८ प्रतिशतमा सङ्क्रमण पुष्टि हो ।

त्यस्तै २४ घण्टायता नाै सय ११ जना सङ्क्रमणमुक्त भएका छन् । यस्तै थप दुई जनाको कोरोना भाइरसको सङ्क्रमणका कारण ज्यान गएको छ ।

नेपालमा अहिले १० हजार ९० जना कोरोना भाइरसका सक्रिय सङ्क्रमित रहेका छन् । यस्तै पछिल्लो २४ घण्टामा एक लाख ३५ हजार सात सय ९० जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।

प्रकाशित मिति : बुधबार, फाल्गुन ११ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij