माओवादीकाे निष्कर्ष- गठबन्धन जाेगाउन अन्तिम प्रयास गर्नुपर्छ

माओवादीकाे निष्कर्ष- गठबन्धन जाेगाउन अन्तिम प्रयास गर्नुपर्छ

काठमाडाैँ – माओवादी केन्द्रले सत्ता गठबन्धन जाेगाउन अन्तिम प्रयास गर्ने निष्कर्ष निकालेकाे छ । शुक्रबार बिहान पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’निवास खुमलटारमा बसेकाे बैठकले यस्ताे निष्कर्ष निकालेकाे हाे । प्रचण्ड सचिवालयले भनेका छ— ‘एमसीसीबारे पार्टीको पूर्ववत् सैद्धान्तिक धारणामा रही गठबन्धन बचाउन अन्तिम कोसिस गर्ने समझदारी भयो ।’

माओवादीले गठबन्धन जाेगाउने प्रयास गर्दा एमसीसीबारेकाे पार्टीकाे पूर्ववत् अडान भने नभत्किने बताएकाे छ । अर्थात् माओवादीले एमसीसीकाे पक्षमा मतदान गर्ने छैन । यसअघि नै विपक्षमा मतदान गर्ने नीतिगत निर्णय गरिसकेकाे माओवादीले अब साेही अडानमै रहेर गठबन्धन जाेगाउने अन्तिम प्रयास गर्ने भएकाे हाे ।

गत फागुन ८ गते संसद्‌मा पेश भइसकेकाे एमसीसीबारे बिहीबारबाट छलफल प्रारम्भ हुने भनिएकाे थियाे । तर, बैठक स्थगित भएपछि छलफल हुन सकेन । यसपछि शुक्रबार [आज] दिउँसाे १ बजेसम्मका लागि स्थगित भएकाे बैठक पनि पुन: स्थगित भएकाे छ । अब बैठक १५ गते मात्रै बस्ने संघीय संसद् सचिवालयले जनाएकाे छ ।

प्रकाशित मिति : शुक्रबार, फाल्गुन १३ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij