मारियुपोल : पश्चिमी युक्रेनमा रहेको सैन्य अखडामा भएको रूसी आक्रमणमा नौजनाको मृत्यु हुनुका साथै ५७ जना घाइते भएका छन्।
रूसको यो आक्रमणसँगै युद्ध पोल्याण्डको सिमाना नजिक पुगेको छ। यसअघि रूसी उपविदेशमन्त्री सर्गेई र्याकबकोभले युक्रेनमा अमेरिका लगायत कुनै पनि देशले हतियार पठाए आक्रमण गर्ने गर्ने चेतावनी दिएका थिए।
ल्भिभ प्रान्तका गभर्नर मक्सिम कोजित्स्कीले रूसी सेनाले पोल्याण्डबाट १० किलोमिटर दूरीमा रहेको याभोरिभ सैन्य अखडामा ३० वटा क्रुज क्षेप्यास्त्र प्रहार गरेको बताए। यो सैन्य अखडा ल्भिभ शहरबाट ६० किलोमिटर दूरीमा अवस्थित छ। अधिकारीहरूले पश्चिमी युक्रेनी शहर इभानो-फ्रान्किभस्कको सैन्य विमानस्थलमा पनि रूसी सेनाले गोली चलाएको बताएका छन्।
यो सैन्य अखडा युक्रेनी सेना र उसका नेटो सहयोगी सेनाले प्रयोग गर्ने गरेको थियो। विशेषगरी नेटो र नेटो बाहिरका सैनिकहरूले उक्त अखडामा अभ्यास गर्ने गरेका थिए। पछिल्लोपटक फेब्रुअरी महिनाको शुरुमा उक्त केन्द्रमा अमेरिकी सैन्य प्रशिक्षकसँग युक्रेनी सैनिकले तालिम लिएका थिए।
मेयर रुस्लान मार्तसिन्किभले रूसले यस्ता आक्रमण गरेर भय र अराजकता सिर्जना गर्न चाहेको बताए। युक्रेनी उपप्रधानमन्त्री इरिना भिरेशचुकले जारी युद्धको बीचमा २४ घण्टाभित्र करिब १३ हजार सर्वसाधारणलाई मानवीय करिडोरमार्फत विस्थापित गरिएको बताइन्।
उक्रेइन्स्का प्राभ्दाले जनाए अनुसार शनिबार राति ९ वटा करिडोरबाट मानिसहरूलाई बाहिर निकालिएको थियो।
प्रकाशित मिति : आइतबार, फाल्गुन २९ २०७८
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्