नेपाल र साउदीबीच पारस्परिक सहयोग अभिवृद्धि गर्नेसम्बन्धी सम्झौता

नेपाल र साउदीबीच पारस्परिक सहयोग अभिवृद्धि गर्नेसम्बन्धी सम्झौता

काठमाडौं – नेपाल र साउदी अरबबीच पारस्परिक सहयोग अभिवृद्धि गर्नेसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । मंगलबार सिंहदरबारस्थित परराष्ट्रमन्त्रालयमा भएको नेपाल र साउदी अरब परराष्ट्रमन्त्रीस्तरीय बैठकमा उक्त सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।

यस सम्झौतासँगै अब नेपाल र साउदी अरबबीच सञ्चार, शिक्षा, संस्कृति, उद्योग, खेलकुदलगायतका क्षेत्रमा सहयाेग तथा सहकार्य गर्न बाटो खुलेकाे छ । नेपालको तर्फबाट परराष्ट्रमन्त्री डा. नारायण खड्का र साउदी अरबका तर्फबाट विदेशीमन्त्री फैजल बिन फरहान अल साउदले सम्झौतापत्रमा हस्ताक्षर गरे ।

 

नेपालको दुई दिने भ्रमणका लागि साउदी राजकुमार समेत रहेका विदेशमन्त्री एवं फरहान २३ सदस्यीय प्रतिनिधि मन्डलसहित सोमबार काठमाडौँ आइपुगेका थिए । उनले आज राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवासँग पनि शिष्टाचार भेट गर्ने बताइएकाे छ ।

प्रकाशित मिति : मंगलबार, चैत्र १ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij